गान्तोक: स्वच्छ भारत अभियानअन्तर्गत आज देउरालीस्थित पञ्चायत स्रोत केन्द्रमा इङ्गेज २०२५ को शुरु गरियो। शहरी विकास विभागीय मन्त्री भोजराज थापाले विभागका सचिव, मेयर, उपमेयर लगायत अन्य अधिकारीहरूको उपस्थितिमा अभियानको शुरु गरेका हुन्। विशेष गरेर विद्यार्थीहरुमा सफाई साथै स्वच्छताबारे जागरूकता गराउने उद्देश्यले कार्यक्रम शुरु गरिएको हो। यसबीच मन्त्री राईले पत्रकारहरूलाई जानकारी गराउँदै शहरी क्षेत्रमा सञ्चालित विद्यालय र महाविद्यालयका ४० विद्यार्थीहरूलाई समावेश गरेर अभियान शुरु गरेको बताए। विद्यार्थीहरूमा सफाईसम्वन्धी जागरूकता आए मात्र त्यसलाई जनमासमा पुऱ्याउन सकिने मन्त्री राईले सम्बोधनमा थपे। राज्यदेखि बाहिरका मानिसहरूले सिक्किमको सुन्दरता र सफाईको प्रशंसा गर्दै आइरहेको उल्लेख गर्दै राज्यका मानिसहरूमा फोहोर जताततै फ्याँक्नु हुँदैन् भन्ने ज्ञान हुनपर्ने बताए। गत केही दिन अघि गान्तोक नगरपालिकाले फोहोर संकलन दर वृद्धि गर्दा आलोचना भइरहेको थियो तर यस विषयमाथि सरकारले गम्भीरतासित काम गरिरहेको उल्लेख गरे। अबोप्रान्त विभागले प्रति किलोग्राम मैलाको पैसा उठाउने तयारी गरेको जानकारी गराउँदै यदि यसो भएको खण्डमा जसले धेरै मैला गर्छ उसले पैसा पनि धेरै बुझाउनु पर्ने बताए। यो नियमलाई लागु गरेको खण्डमा अवश्य पनि मानिसहरूलो फोहोर मैला कम गर्नसक्ने विचार व्यक्त गरे। अर्कोतिर मन्त्री राईले विद्यार्थीहरूलाई सरकारी नोकरी पाउने उद्देश्य अध्ययन नगर्ने सुझाउ दिँदै आफूलाई एक सफल उद्यामी बनाउने सल्लाह दिए। यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरूबीच विभिन्न प्रतियोगिता आयोजन गरिने जानकारी गराए। आजको यस कार्यक्रममा विभागकी आयुक्त एवं सचिव, गान्तोक नगर निगमका मेयर, उपमेयर लगायत अन्यहरूले पनि सम्बोधन गरेका थिए।