गेजिङ: गेजिङ जिल्लाका जिल्लापाल तेञ्जिङ डी. डेञ्जोङपाको अध्यक्षतामा आज गेजिङ जिल्ला प्रशासनिक केन्द्रमा जिल्ला अनुगमन समितिको समीक्षा बैठक सम्पन्न भयो। विशेष गरेर चुनाउलाई सुविधायोग्य बनाउने उद्देश्यले सम्पन्न बैठकको मुख्य उद्देश्य भारतको निर्वाचन आयोगको निर्देशनअनुरूप शारीरिकरूपमा असक्षण व्यक्ति र ज्येष्ठ नागरिकहरूका लागि समावेशी र सुविधाहरु उपलव्ध गराउनु रहेको थियो। बैठकलाई सम्बोधन गर्दै जिल्लापाल डेञ्जोङपाले चुनाउ प्रक्रियामा शारीरिकरूपमा असक्षम व्यक्तिहरूलाई कुनै अवरोधबिना सहभागिता गराउन सम्बन्धित विभाग र सरोकारवालाहरूबारे समीक्षा गरे। यसलाई कार्यान्वयन गर्नको निम्ति ग्राम पञ्चायतस्तरमा मतदाताहरूको पहिचान, आवश्यक सहायक उपकरणहरूको व्यवस्था र मतदान केन्द्रमा उपलब्ध गराउनु पर्ने सुविधाबारेमा अवगत गराए। जिल्लापालले समाज कल्याण निरीक्षकहरूलाई शारीरिकरूपमा असक्षम व्यक्तिहरूको सूची दस दिनभित्रमा जिल्लापाल कार्यालयमा बुझाउनु पर्ने निर्देश दिए।