नाम्ची: नाम्ची जिल्लाको महिला, बाल, वरिष्ठ नागरिक र दिब्याङ कल्याण विभाग, स्वास्थ्य एवं परिवार कल्याण विभाग र सिलगढीको ग्रेटर लायन्स आइ अस्पतालको संयुक्त पहलमा जोरथाङको आइसीडीस केन्द्र र वान स्टप सेन्टरमा मोती बिन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भयो। उक्त कार्यक्रम राज्यका वरिष्ठ नागरिकहरूलाई लक्ष्य राख्दै आयोजन गरिएको हो। यसबाहेक शल्यक्रियामार्फत उपचारको आवश्यकता परेमा ग्रेटर लायन्स आँखा अस्पताल, सिलिगढीमा थप उपचारको निम्ति स्थान्तरणको प्रबन्ध गरिनेछ। उनीहरूको आँखाको शल्यक्रिया गरिने छ। शिविरमा कूल 98 जना वरिष्ठ नागरिकहरूको ओपीडी स्क्रिनिङ जाँच गरियो। जसमा ४० जनालाई मोती बिन्दुको शल्यक्रियाको आवश्यकताको पहिचान गरिएको थियो। जसमध्ये कतिपयलाई मधुमेह र उच्च रक्तचाप भएको फेला परेको छ। कार्यक्रममा जोरथाङका महकुमा अधिकारी योगेन स्याङदेन, सीडीपीओ प्रविण सिलाल लगायत अन्यहरूको उपस्थिति रहेको थियो।