नाम्ची: नाम्ची जिल्लाअन्तर्गत याङगाङ पर्यटन विकास समितिको पहलमा अन्तर्राष्ट्रीय योग दिवसलाई केन्द्र गर्दै तीन दिवसीय योग शिविर शुरू भयो। राज्यको समृद्ध सांस्कृतिक र आध्यात्मिक सम्पदाको प्रवर्धन गर्ने लक्ष्य राखेर शुरु भएको योग सत्रमा सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा मुख्य अतिथि थिइन्। यस अवसरमा महकुमा अधिकारी केएल दाहाललगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यस सत्रको सञ्चालन कमल गौतमले गरेका थिए। कार्यक्रम स्वस्थ जीवनलाई प्रवर्द्धन गर्ने मञ्चकोरूपमा मात्र नभएर मानव कल्याण र दिगो पर्यटनको विकासका रुपमा सञ्चालन गरिएको जानकारी गराए। यसले सिक्किमको बढ्दो प्रतिष्ठामा थप सहयोग पुग्ने बताए।