युवा कवि सुवास ठकुरीलाई साहित्य अकादमी युवा पुरस्कार प्रदान गरिने घोषणा

1750259262406

दार्जिलिङ: युवा कवि सुवास ठकुरीलाई साहित्य अकादमी युवा पुरस्कार प्रदान गरिने घोषणा भएको छ। आज साहित्य अकादमी दिल्लीले एउटा प्रेस विज्ञप्ति जारी गर्दै युवा कवि सुवास ठकुरी को कविता सङ्ग्रह “जूनको आँसु” का लागि पुरस्कृत गरिने घोषणा गरिएको छ। भारतभरिका २३ वटा मान्यताप्राप्त भाषाहरुमध्ये नेपाली भाषामा युवा कवि सुवास ठकुरीलाई “युवा साहित्य अकादमी पुरस्कार”- द्वारा साहित्य अकादमी दिल्लीले एक विशेष कार्यक्रमबीचमा सम्मानित गरिने भएको छ। उक्त खबर पाउनसाथ क्षेत्रमा खुशीको लहर छाएको छ भने उनको यो उपलब्धिले क्षेत्रवासीलाई नै गौरवान्वित तुलाएको छ।
युवा कवि सुवास ठकुरीले धेरै लामो समयदेखि कविता विधामा कलम चलाइरहेका छन्। उनको पहिलो संयुक्त कविता संग्रह “पहिलो पाइला” सन् २००७ तिर प्रकाशित भएको थियो भने “जूनको आँशु” कविता संग्रह २०२३ सालमा प्रकाशित भएको हो। दार्जिलिङ जिल्ला अन्तर्गत रिम्बिकको लिङ्गसेबुङमा पिता लोक बहादुर ठकुरी अनि माता धनमाया ठकुरीको जेठो छोरोको रूपमा जन्मिएका कवि सुवास ठकुरी सानै उमेरदेखि साहित्यप्रति रुचि राख्ने गर्दथे।

उनले क्षेत्रको साहित्यिक संस्था मुस्कान समूहमा २०१६ सालदेखि आबद्ध भई निरन्तर रूपमा नेपाली साहित्यमा कलम चलाइरहेका छन्। यस गौरवपूर्ण समयमा विभिन्न साहित्यप्रेमी, क्षेत्रवासी, शुभचिन्तक लगायत अन्यहरुले उनलाई बधाई अनि शुभकामना दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement