सिन्कोना बगान श्रमिकवर्गको विविध समस्याहरुलाई लिएर तृणमूल कांग्रेसद्वारा सिन्कोना निर्देशकलाई ज्ञापन

IMG-20250618-WA0039

खरसाङ: सिन्कोना बगान निर्देशक डा. सामुएल राईलाई हिल टीएमसीका अध्यक्ष एवं पूर्व राज्य सभा सांसद शान्ता छेत्री अनि आरआर खण्ड टीएमसी पार्टी अध्यक्ष नबीन मिश्र, उप सभापति सन्जय थापा अनि अन्य नेतृत्वगणले निर्देशक बङ्लो पुगेर भेट गर्दै एक ज्ञापन पत्र चढाएका छन्। यस भेट वार्तमा जीटीए सिन्कोना विभागको कार्यकारी सभासद रतन थापा अनि भागोप्रमो ट्रेड युनियनका प्रतिनिधगण गगन राई, सुजम छेत्री अनि अन्य नेतृत्वगण उपस्थित थिए। यस बैठकमा हिल तृणमूल सिन्कोना प्लान्टेशन वर्कर्स युनियनको पक्षबाट सिन्कोना बगान श्रमिकवर्गको विविध समस्यालाई लिएर एक ज्ञापन चढाएको छ जसमा सिन्कोना बगानवासी श्रमिकहरुलाई होमस्टे सञ्चालनको निम्ति सिन्कोना व्यवस्थापनबाट एनओसी दिन पर्ने, सिन्कोना बगान क्षेत्रमा पञ्चायतबाट भईरहेको विकासको निम्ति एनओसी दिन पर्ने, सिन्कोना बगानको विभिन्न विभागहरु जस्तै मङपू, रोङ्गो, मन्सोङ अनि लाटपञ्चार अस्पतालहरुमा डाक्टरको नियुक्ति साथै एम्बुलेन्सहरु उपलब्ध हुनु पर्ने, रेसेप अनि गैरीबासलाई आधिकारिक रुपमा विभाग घोषणा गर्नु पर्ने, सिन्कोना श्रमिकको पक्की घर मर्मत्ति तथा नवनिर्माण हुनु पर्ने, सिन्कोना श्रमिकहरुको दैनिक हाजिरामा बढोत्तरी हुनु पर्ने मागहरु पनि ज्ञापन पत्रमा राखिएको छ। निर्देशक बंगलोमा डेढ घण्टा लामो भएको बैठकमा सिन्कोना बगान निर्देशक डा. सामुएल राईले यस सम्पूर्ण विषयहरु सरकार समक्ष राख्ने अनि चाढोभन्दा चाढो समस्या समाधानको दिशातर्फ कार्य गर्ने आश्वासन दिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement