खरसाङ: वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको आयोजनामा तीनधारेमा क्यारम बोर्ड प्रतियोगिता हुने भएको छ। गत वर्ष झैं यस वर्ष पनि तीनधारे वरिष्ठ नागारिक कल्याण संगठनको आयोजनामा सिनियर सिटिजन कप तीनधारे महानदी समष्टी स्तरीय क्यारम बोर्ड प्रतियोगिता २०२५ आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ। उक्त प्रतियोगिताको खेल यही जून महिनाको अन्तिम सातादेखि शुरू गरेर आगामी १५ अगष्ट २०२५ को दिन फाइनल खेल खेलाइने भएको वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको सचिव सुरेशचन्द्र दर्नालले बताएका छन्। उनले बताए अनुसार यस प्रतियोगितामा भाग लिन चाहानेहरुले आवेदन पत्रसहित प्रवेश शुल्क एकल प्रतियोगिताको निम्ति दुई सय अनि युगल प्रतियोगिहरूका निम्ति तीन सय रुपियाँ आगामी २० जूनभित्रमा बुझाई सक्नु पर्ने बताएका छन्।

तीनधारे- महानदी समष्टी अन्तर्गतका क्यारमबोर्ड खेलप्रेमी सम्पूर्ण ईच्छुक जोशिला युवावर्गलाई उक्त प्रतियोगितामा भाग लिइदिने तीनधारे वरिष्ठ नागारिक कल्याण संगठन आह्वान् गरेका छन्।