१६ सेप्टेम्बरः सरस्वती हायर सेकेण्डरी स्कूल, मंगपूको कौस्तुब जयन्तीको अवसरमा आयोजित जिल्ला स्तरीय अन्तरविद्यालय फूटबल प्रतियोगितामा आरकेएसपी (दार्जीलिङ)-ले फाइनलमा स्थान बनायो। शुक्रवार मंगपू जनमैदानमा भएको म्याचमा आरकेएसपी (दार्जीलिङ)-ले सेण्ट रोबर्टस हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)-लाई ३-१-ले पराजित गऱ्यो। अब आइतवार खेलिने फाइनलमा कालेबुङको कुमुदिनी होम्स र आरकेएसपी (दार्जीलिङ)-बीच भिड़न्त हुनेछ।










