टी२० क्रिकेटमा म्याक्सवेलको रेकर्ड शतक

IMG-20250618-WA0008

ओकल्याण्ड: अष्ट्रेलियाई अलराउण्डर ग्लेन म्याक्सवेलले मेजर लीग क्रिकेट (एमएलसी)-मा विध्वंशी शतकीय ईनिंग्स खेलेर एउटा असाधारण उपलब्धि हासिल गरेका छन्। म्याक्सवेल टी२० क्रिकेटमा आफ्नै देशका डेविड वार्नर, एरोन फिञ्च, भारतीय दिग्गज रोहित शर्मा र ईंग्ल्याण्डका जोस बटलरको बराबरी गर्दै संयुक्त रूपले सर्वाधिक ८ वटा शतक लगाउने खेलाड़ी बनेका छन्। ओकल्याण्डमा खेलिएको म्याचमा लस एञ्जिल्स नाइट राइडर्सविरुद्ध आफ्नो टीम वाशिंगटन फ्रीडमको प्रतिनिधित्व गर्दै म्याक्सवेलले यस उपलब्धिलाई हासिल गरे। उनले म्याचमा ४९ बल खेलेर १३ वटा छक्का र २ वटा चौकाको साथ अविजित १०६ रन बनाए। एमएलसी-को जारी सीजनमा स्टीव स्मिथको अनुपस्थितिमा टीमको कप्तानी गरिरहेका म्याक्सवेलले यस प्रारूपमा १७८ विकेट पनि लिएका छन्। रोचक कुरा के छ भने म्याचमा म्याक्सवेलले आफ्नो पहिलो ११ रन बनाउन १५ बल खर्च गरे पनि त्यसपछिको ३४ बलमा ९५ रन बनाए। उनले म्याचमा २१६.३३-को स्ट्राईक रेटले रन बनाए। यसरी म्याक्सवेल १०५०० रन, १७८ विकेट र ५ भन्दा अधिक टी२० शतक बनाउने विश्वका एकमात्र क्रिकेटर बनेका छन्। मंगलवार राति खेलिएको म्याचमा पहिला ब्याटिंग गर्दै वाशिंगटन फ्रीडमको टीम एक समय ११.४ ओभरमा केवल ९२ रन बनाएर संघर्ष गरिरहेको थियो। त्यहाँबाट म्याक्सवेलले ओबुस पीनारसँग पाँचौं विकेटको निम्ति ११६ रनको अटूट पार्टनरशीप गरी टीमको स्कोर २०८ रन पुऱ्याए। यस पार्टनरशीपमा पीनारको योगदान अविजित १४ रन रह्यो। म्याचमा वाशिंगटन फ्रीडमले लस एञ्जिल्स नाइट राइडर्सलाई ११३ रनले पराजित गऱ्यो। उल्लेखनीय छ, टी२० क्रिकेटमा सर्वाधिक शतकको रेकर्ड क्रिस गेलको नाममा रहेको छ। उनले ४६३ वटा म्याचमा २२ वटा शतक बनाएका छन्। त्यसपछि पाकिस्तानका बाबर आजम (११) रहेका छन्। तेस्रो स्थानमा रहने भारतका विराट कोहली र दक्षिण अफ्रिकाका राइली रुसोले ९-९ वटा शतक बनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement