एसएसबीद्वारा विलुप्तप्राय प्रजातिको बिरुवा उद्धार

84dcfcf1-1b68-4789-ad73-c5354776f229

  कालचिनी- आईयूसीएनको रेड लिस्ट इन्डेक्समा सामेल रहेको एउटा विलुप्त प्रजातिको बिरुवाहरूलाई आज एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय अधिनस्थ रहेको जयगाउँ बीओपीका जवानहरूले एउटा गोप्य सूचनाको आधारमा उद्धार गर्न सफल भएको एसएसबी सुत्रले जनाएको छ| फुन्छोलिङ भोटाङ गेटबाट जयगाउँतर्फ आइरहेको एउटा ट्रकमा लादिएको पातगोभीको बोरामा लुकाएर ल्याइएको उक्त विलुप्तप्राय प्रजातिको बिरुवाहरूको चिन्हित हुँदा एसएसबी जवानहरूले यसलाई बरामद गरेको बताएको छ|

  एसएसबी सुत्रले जनाएअनुसार यस प्रजातिको बिरुवा अथवा वनस्पतिको आयात निर्यातमा प्रतिबन्धित रहेको र यो वनस्पतिबाट जड़ीबुटि औषधिमा पनि प्रयोग हुने गरेको र यसलाई पातगोभीको बोरामा लुकाएर ल्याइएको र यसको कुनै वैद्य कागजपत्र पनि नभएकोले यसलाई जफत गरिनको साथै वाहन चालकलाई पक्राउ गरेर जयगाउँ कस्टम विभागलाई सुम्पिएको जनाएका छन्| वाहनमा ६५ वटा बोरामा यो विलुप्तप्राय प्रजातिको बिरुवाहरू रहेको एसएसबी सुत्रले जनाएका छन्|

About Author

Advertisement