महान म्याकग्रासँग बुमराहको तुलना गरे स्टुअर्ट ब्रडले

IMG-20250617-WA0070

मुम्बई: ईंग्ल्याण्डका पूर्व पेस बलर स्टुअर्ट ब्रडले बताएअनुसार, भारतका स्टार पेस बलर जसप्रीत बुमराहमा ब्याटरहरूलाई चकित पार्ने क्षमता रहेको छ अनि बलिंगमा असाधारण सन्तुलनले गर्दा उनमा अष्ट्रेलियाका दिग्गज ग्लेन म्याकग्राको झलक देख्न सकिन्छ। यसको साथमा ब्रडले ईंग्ल्याण्डविरुद्ध टेस्ट सीरीजमा बुमराहको प्रदर्शनमाथि सबैको नजर रहने बताए। ब्रडले विश्व क्रिकेटमा सबैभन्दा सन्तुलित बलिंग रनअप्-को मामिलामा बुमराहको तुलना महान म्याकग्रासँग गरे। ब्रडले भने, बुमराह बल गर्न दौड़िँदा उनले ७० माईल प्रति घण्टाको गतिले बलिंग गर्नेछन् जस्तो लाग्छ तर उनले वास्तवमा ९० माईल प्रति घण्टाको गतिमा बलिंग गर्छन्, जसको ब्याटरले अनुमान लगाउन सक्दैनन्। उनले जोस बटलरसँग एउटा पोडकास्टमा भने, मैले शोएब अख्तरको बल पनि खेलेको छु। उनी सय माईल प्रति घण्टाको गतिमा दगुरेर सौ माईल प्रति घण्टाको गतिमै बलिंग गर्थे। टेस्ट क्रिकेटमा ६०४ विकेट लिएपछि २०२३-मा सन्न्यास लिने ब्रडले भने, बुमराहको रनअप् सन्तुलित छ अनि उनले त्यसलाई बिगार्दैनन्। मैले देखेका बलरहरूमा म्याकग्राको रनअप् सबैभन्दा धेर सन्तुलित थियो। बुमराह पनि त्यस्तै छन्।
ईंग्ल्याण्डविरुद्ध सीरीजमा बुमराहले ५ वटा टेस्ट म्याचमा खेल्ने सम्भावना छैन। कार्यभार प्रबन्धन नीति अन्तर्गत उनलाई विश्राम दिइन सकिने प्रशिक्षक गौतम गम्भीर र मुख्य चयनकर्ता अजीत अगरकरले अगावै स्पष्ट गरेका छन्। ब्रडको भनाइअनुसार, बुमराहले सीरीजको सबै टेस्ट म्याच खेले उनलाई धेरै विकेट प्राप्त हुनेछ। उनले भने, निश्चित रूपले सबैको ध्यान उनको बलिंगमा रहनेछ। उनले सीरीजको पाँचैवटा टेस्ट म्याच खेलोस् भन्ने ईंग्ल्याण्डले त निश्चित रूपमा चाहँदैन। यस्तो भए उनले धेरै विकेट हासिल गर्नेछन्। अष्ट्रेलियामा पनि उनले असाधारण प्रदर्शन गरेका थिए। यसरी बटलरले ईंग्ल्याण्ड यात्रामा आउने भारतीय टीममा बुमराहभन्दा ठूलो कुनै सुपरस्टार नरहेको बताए। उनले भने, यस भारतीय टीममा बुमराहभन्दा ठूलो अन्य कुनै सुपरस्टार छन् जस्तो मलाई लाग्दैन। उनको बलिंह रनअप् र एक्शन अनौठो छ। उनको उपस्थितिले भारतीय टीमलाई मजबूत बनाउनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement