दुबई: भारतीय उपकप्तान स्मृति मन्धना मंगलवार अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-को महिला वनडे ब्याटरहरूकी ऱ्याङकिंगमा २०१९ पछि पहिलोपल्ट शीर्ष स्थानमा पुगिन्। दक्षिण अफ्रिकाकी कप्तान लौरा वोलवार्टले नवीनतम ऱ्याङकिंगमा १९ रेटिंग पोइण्ट्स गुमाएकी छन् अनि यसले भारतीय ब्याटरलाई फाइदा भएको छ। मन्धनासँग अहिले जम्मा ७२७ रेटिंग पोइण्ट्स रहेको छ। मन्धनापछि दोस्रो स्थानमा ईंग्ल्याण्डकी कप्तान नताली साइवर-ब्रण्ट (७१९ पोइण्ट्स) रहेकी छन्। वोलवार्ट ७१९ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहेकी छन्। मन्धनापछि यस सूचीमा सामेल अन्य दुई भारतीय ब्याटर जेमिमा रोड्रिग्स र कप्तान हरमनप्रीत कौर हुन्, जो क्रमशः १४औं र १५औं स्थानमा रहेकी छन्। भारत र ईंग्ल्याण्डबीच आउँदो महिनाको अन्तमा ५ वटा टी२० म्याच र ३ वटा वनडे म्याचको सीरीज खेलिनेछ। मन्धना लामो समयदेखि वनडे ब्याटरहरूकी सूचीमा शीर्ष १०-मा सामेल रहे पनि २०१९-देखि देब्रे हातकी यस ब्याटरले शीर्ष स्थान हासिल गर्न सकेकी थिइनन्। भारतीय ओपनिंग ब्याटर अहिले असाधारण फर्ममा रहेकी छन्। उनले हालै कोलम्बोमा श्रीलंका र दक्षिण अफ्रिकाविरुद्ध खेलिएको त्रिदेशीय टुर्नामेण्टको फाइनलमा शतक बनाएकी थिइन्। यसले उनको ऱ्याङकिंगमा सुधार भयो। मन्धना टी२० ब्याटरहरूकी ऱ्याङकिंगमा पनि चौथो स्थानमा रहेकी छन्।