नेपाली आसन पुनर्वहीको माग गर्दै प्रधानमन्त्रीलाई एफएमपीएफ-को पत्रचार

IMG-20240717-WA0003

गान्तोक: भूतपूर्व विधायक महासङ्घ सिक्किम (एफएमपीएफ) ले राज्य विधानसभामा नेपाली आसन पुनर्वहालीको माग उठाएको छ। यस सम्बन्धमा महासङ्घले देशका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्रचार गरेको छ। सिक्किम सब्जेक्ट रेगुलेशन १९६१ अन्तर्गत छोग्यालद्वारा खाटी सिक्किमेको पहिचानस्वरुप सिक्किम सब्जेक्ट प्रदान गरिएको नेपाली समुदायको हित र कल्याणको रक्षा गर्ने सङ्घले प्रधानमन्त्रीलाई अनुरोध गरेको छ। छोग्याले नेपाली समुदायलाई पनि राज्य विधानसभामा समान आरक्षण प्रदान गरेको जुन पछि गएर समाप्त भएको उल्लेख गर्दै त्यसलाई पुनर्वहाली गरिनुपर्ने महासङ्घले माग गरेको छ।
भूतपूर्व विधायक महासङ्घले यस अघि राज्यका मुख्यमन्त्री र राज्यपाललाई पनि ज्ञापन बुझाएको विज्ञप्ती जारी गरेर बताइएको छ। यसको साथै केन्द्रीय गृह मन्त्री अमित शाहलाई पनि पत्रचार गरेको जान्नमा आएको छ।
सिक्किम एउटा सिमावर्ती राज्य भएकोले भू-राजनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर नेपाली आसन पुनर्वहालीको दिशमा गम्भीरतासित पहल गरिनुपर्ने सिक्किम भूतपूर्व विधायक महासङ्घको अड़ान रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement