जनगणनाको अधिसूचनालाई एसकेएम पार्टीले जनायो स्वागत

IMG-20250617-WA0007

गान्तोक: देशमा जनगणनालाई लिएर भारत सरकारले आधिकारिक अधिसूचना जारी गरेकोमा राज्यको सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाले स्वागत जनाएको छ। पार्टीका प्रवक्ता विकास बस्नेतले विज्ञप्ती जारी गरेर केन्द्र सरकारको पहलको पार्टीको तर्फबाट स्वागत जनाएका छन्।
बस्नेतले विज्ञप्तीमा भनेका छन्, प्रधानमन्त्री नरेन्द्र मोदीको गतिशील र दूरदर्शी नेतृत्वमा गरिएको यस ऐतिहासिक निर्णयले भारत सरकारको सही तथ्याङ्क-संचालित शासन र समावेशी राष्ट्रिय योजनाप्रतिको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। जनगणनाले देशको नीति निर्माण, कल्याणकारी कार्यक्रम, पूर्वाधार विकास र सशक्तिकरण पहलहरूको मेरुदण्डको रूपमा काम गर्दछ। सिक्किमका जनताको तर्फबाट, हामी यस राष्ट्रव्यापी अभ्यासको सफल कार्यान्वयनको लागि हाम्रो हार्दिक कृतज्ञता र पूर्ण सहयोग व्यक्त गर्दछौं। राज्यको सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाले यस निर्णयलाई पूर्ण समर्थन अनि सहयोग गर्ने उनले बताएका छन्। यसको साथै राज्यको एसकेएम सरकारले राज्यको जनसाङ्ख्यिकीको व्यापक कभरेज सुनिश्चित गर्न जनगणना अधिकारीहरूलाई आवश्यक सहयोग गर्ने पनि उनले बताएका छन्।
अर्कोतिर सिक्किम क्रान्तिकारी मोर्चाले राज्यवासीलाई आगामी जनगणना 2027मा सक्रिय सहभागिता जनाउने अपील पनि गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement