गान्तोक: भारत सरकारको गृह मन्त्रालयद्वारा नयाँ दिल्लीस्थित विज्ञान भवनमा हिजोदेखि शुरु गरेको दुई दिवसीय राहत आय़ुक्त सम्मेलनको समापन भयो। उक्त सम्मेलनमा सिक्किम राज्यका राहत आयुक्त एमटी शेर्पा, उपाध्यक्ष भीके शर्मा र सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणका अतिरिक्त निर्देशक राजिब रोकाले सहभागिता जनाएका थिए। दुई दिवसीय राहत सम्मेलनको उद्धाटन देशका गृहमन्त्री अमित शाहले गरेका थिए। कार्यशालामा विशेष आपदा प्रबन्धनसम्वन्धी विभिन्न विषयमाथि छलफल गरियो। यस अवसरमा आयुक्त शेर्पाले राहत विषय प्यानल डिस्कसनमा सहभागिता जनाउँदै शेर्पाले यस प्रकारको योजनालाई कार्यान्वयन गर्ने देशको विभिन्न राज्यहरूमध्ये सिक्किम पहिलो रहेको बताए। उनले सिक्किम राज्यमा राज्यमा भएको सामाजिक-आर्थिक प्रभावमाथि पनि प्रकाश पारे। समापन कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख सचिव डा. पीके मिश्राले सम्बोधन गरेका थिए।