दार्जीलिङ: दार्जीलिङ जिल्ला अस्पातलबाट दिइएको जन्म अनि मृत्यु प्रमाण पत्रमा भएको भूल तथा अन्य प्रकारका त्रुटि सच्च्याउन आगामी २३ देखि २५ जूनसम्म तीन दिने शिविर राखिने भएको छ। यस विषयमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान राजेस चौहानले पत्रकारहरुलाई सम्बोधन गर्दै विस्तृत जानकारी गराएका छन्।