खरसाङ: सिटोङ लाटपञ्जार समष्टिकाे स्टुडेन्ट फेडरेशन र सेकेण्डेरी शिक्षक संघले माध्यमिक, उच्चत्तर माध्यमिक, आईसीएससी, आईएससी परीक्षा २०२५ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान जनाउन मंगलबार मामरिङ तोऱ्योक उच्चत्तर माध्यमिक विद्यालयमा सम्मान कार्यक्रम आयोजना गर्यो। यस अवसरमा सम्मानित हुने विद्यार्थीहरू सिटोङ लाटपञ्चर समष्टिका स्थानीय विद्यार्थीहरू हुन्। यस अवसरमा जम्मा ४३ जना विद्यार्थीहरु सम्मानित भएका छन्। उक्त कार्यक्रममा मुख्य अतिथिको रुपमा उपस्थित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले नानीहरूको निम्ति यस सम्मान एउटा ठूलो ऊर्जा हो र विद्यार्थीहरूको काम पढ्ने मात्र हो भनी बताएका छन्। उनले भने, फोकस भएर पढ्नुहोस् र समयको सदुपयोग गर्नुहोस् भनी बताएका छन्। यसको फल राम्रो पाउनु हुनेछ। हाम्रो समाजमा विद्यार्थीहरूको निम्ति काउन्सिलिङ क्लास पनि राख्नु पर्छ। बाह्रौं कक्षा पढेपछि के पढ्नुपर्छ त्यो जानकारी दिनुपर्छ।’