मङपू रेसेप दीपक टोलमा एउटा घर जलेर खरानी

1750168820013

सभासद रतन थापा अनि समाजसेवक बिक्रम राईद्वारा आर्थिक सहयोग प्रदान

मङपू: मङपू रेसेप ग्राम पञ्चायत अन्तर्गत दीपक टोल निवासी अनुराग गुरुङको घर जलेर खरानी भएको छ। आगलागी भएको घटना सुन्नसाथ मङपू पुलिस दल घटना स्थलमा पुगेर जाँच बुझ गर्दा सर्ट सर्किटको कारण नै उक्त घर आगलागी भएको हुनसक्ने बताएको छ। स्व. दिवस गुरुङको छोरा अनुराग गुरुङ अनि उनको माता तनु गुरुङ मात्र त्यस घरमा बस्दै आईरहेका थिए भने घरमा आगलागी भएको समय दुई जना नै घरदेखि बाहिर रहेको पुलिसले बताएको छ। तनु गुरुङ सिन्कोना बगानका श्रमिक रहेका अनि उनको काठको घर रातीको समय जलेर खरानी भएको कारण कुनै पनि सरसमान निकाल्न नसकिएको बताइएको छ।घटनाको समय छोरा अनुराग गुरुङ सिलगढीतर्फ गएको कारण उनको माता तनु गुरुङ पनि छिमेकीको घरमा गएको समय उक्त आगलागी भएको पुलिसले बताएको छ।

आगलागी भएको घटना स्थलमा मंगलबार बिहान नै जीटीए सिन्कोना विभाग एवं क्षेत्रीय सभासद रतन थापा सिन्कोना श्रमिक पीडित तनु गुरुङको घरमा पुगेर भेट गर्दै दु:खको यस समयमा उनलाई आर्थिक सहयोग प्रदान गर्दै सिन्कोना विभागका अधिकारीहरुसित बातचीत गर्दै चाडै नै उनको घर विभागीय तौरमा निर्माण गरिदिने वचन दिएका छन्। यसरी रेसेप ग्राम पञ्चायत प्रधान पुष्कर सिङ्गर अनि पञ्चायत सदस्य राजीव तामाङ पनि पीडितको घरमा पुगेर पञ्चायत व्यवस्थाबाट हुनसक्ने सहयोग गर्ने वचन दिएका छन्। सभासद रतन थापाको साथमा भागोप्रमो ट्रेड युनियन, “सिन्कोना प्लन्टेशन वर्कर्स लेवर युनियन” केन्द्रिय समिति सद्श्य गगन राई अनि मङपू जोनल सचिव सुजम छेत्री पीडित परिवारको घरमा पुगेर सिन्कोना बगान ब्यावस्थापनबाट सहयोगको निम्ति चाढै नै पहल गरिदिने भएको छ।

अर्कोतिर सिटोङका समाजसेवक बिक्रम राईद्वारा अग्नीपीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन्। रेसेप ग्राम पञ्चायत वार्ड नम्बर २ निवासी तनु गुरुङको घर आगलागी भएर सम्पूर्ण घर जलेर खरानी भएको थियो भने उक्त अग्नी पीडित परिवारलाई सिटोङका समाजसेवक बिक्रम राईले घरमा नै पुगेर आर्थिक सहयोग पुराएका छन्। यसरी अग्नी पीडित तनु गुरुङलाई आर्थिक सहयोग प्रदान गर्दै बिक्रम राईले आगामी दिनमा पनि कुनै प्रकारको सहयोग चाहिएमा सदैव सहयोग पुराउने पीडित परिवारलाई बचन दिए।

यसरी नै सिन्कोना बगान ब्यवस्थापनको पक्षबाट पीडित श्रमिक तनु गुरुङलाई भाँडाकुडा अनि कम्बल आदि ब्यावस्थापक कार्यलयका बडाबाबुमार्फत प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement