सोनादा: अखिल भारतीय गोर्खा भूतपूर्व सैनिक कल्याण संगठन पचेङ शाखाको रजत जयन्ती समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रममा मुख्य अतिथिको रुपमा जीटीएका सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद एवं क्षेत्रीय सभासद अनोश थापा उपस्थित थिए। त्यसरी नै विशिष्ट अतिथिहरुमा जिल्ला सैनिक बोर्डका सचिव, कर्णेल अमीत अस्री, भूतपूर्व सैनिक संगठन दार्जिलिङ र सोनादाका सभापति सचिव, लोवर सोनादा ग्राम पञ्चायतको प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रमलाई सञ्चालन अनरेरी कप्तान आरबी राईले राखेका थिए भने स्वागत सम्भाषण अनरेरी कप्तान एनसी राईले गरेका थिए। अतिथिहरुका बाहुलीबाट धूप द्वीप प्रज्वलन गरेर थालिएको कार्यक्रममा मौन धारण गरिएको छ। कार्यक्रममा संस्थापक सदस्यहरुलाई सम्मान जनाइएको छ भने रजत जयन्तीको अवसरमा मुख्य अतिथिको बाहुलीबाट स्मृति चिन्ह अनावरण गरिएको छ। कार्यक्रममा संगठनको संक्षिप्त इतिहास सुवेदार एसबी थापाले राखेका थिए। कार्यक्रममा संस्थापक सदस्यहरुलाई मुख्य अतिथिको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान पनि जनाइएको छ। यसको साथै मिडियाका साथीहरुलाई र संगठनको विधवा र दिदी बहिनी सदस्याहरुलाई पनि सम्मान् जनाइएको छ। कार्यक्रममा दार्जिलिङबाट आएका पदाधिकारीहरुलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान गरिएको छ भने पदाधिकारीहरुले वक्तव्य पनि राखेका थिए कार्यक्रममा धन्यवाद ज्ञापन संगठनको सभापति एलबी राईले राखेका थिए।