खरसाङ महकुमाका माध्यमिक टपर आवर्तन शर्माले जति पढ्नु सक्छ त्यसको जिम्मेवारी आजदेखि मेरो: अनित थापा

IMG-20250617-WA0022

खरसाङ: खरसाङ महकुमाका माध्यमिक टपर आवर्तन शर्माले जति पढ्नु सक्छ त्यसको जिम्मेवारी जीटीए प्रमुख अनित थापाले लिएका छन्। यस विषयमा उनले भने, खरसाङ महकुमाकै माध्यमिक टपर आवर्तन शर्माले प्रमाण गरिदिएको छ कि पढ्नुको निम्ति ठूलो विद्यालय हुनुपर्छ भन्ने छैन र पढ्नेलाई सबै ठाउँ एउटै हो भनी बताएका छन्। जीटीए प्रमुख अनित थापाले भने, आवर्तन शर्माको अब उसो पढाईको जिम्मेवारी म लिनेछु। उसले जति पनि पढ्नेछ त्यो सबैको जिम्मेवारी म लिन्छु। नानीहरूको निम्ति आजको सम्मान एउटा ठूलो ऊर्जा हो। विद्यार्थीहरूको काम पढ्ने मात्र हो। फोकस भएर पढ्नुहोस्। समयको सदुपयोग गर्नुहोस्। यसको फल राम्रो पाउनु हुनेछ।’
थापाले अघि भने, ‘हाम्रो समाजमा विद्यार्थीहरूको निम्ति काउन्सिलिङ क्लास पनि राख्नुपर्छ। बाह्रौं कक्षा पढेपछि के पढ्नुपर्छ त्यो जानकारी दिनु पर्छ। हामीलाई हाम्रो मातृ भाषामा पठन पाठन गर्नु राम्रो हो। एआई जस्तो तकनीकीले हामीलाई सजिलो बाटो त दिएको छ। तर नयाँ तक्निकीले हाम्रो मस्तिष्कलाई नै बोदो बनाइदिएको छ।’
अनित थापाले आफ्नो सम्बोधनमा अझ भने, शिक्षाले हामीलाई हाम्रो चिन्हारी पनि दिलाउँछ। हामीले पहाडमा शान्तिपूर्ण वातावरण स्थापना गरिदिएका छौं। हाम्रो नानीहरू शिक्षाको बाटोमा हिँडिरहेको छ। हामीले शिक्षामाथि राम्रो लगानी गर्यौ भने यसको फल राम्रो पाउनेछौँ। म समस्या देखाउनु राजनीति गर्दिन। म समाधानको गोरेटो खोज्ने राजनीति गर्छु। मेरो समयमा नै शिक्षकहरुको समस्याको समाधान गर्नेछु। हाम्रो काम सजिलो छैन। बाहिर जुन देखिन्छ अनि हामीले भोगेको कुरामा धेरै भिन्नता छ। मेरो लक्ष्य चुनाव अनि कुर्सी होइन तर मेरो समाजलाई सही दिशामा लैजानु हो। समाजको विचार परिवर्तन गर्नु हो।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement