अवैद्य निर्माणहरू विरुद्ध नगरपालिकाले जारी गर्यो नोटिस

00-Darjeeling-Municipality

दार्जीलिङ: दार्जीलिङ नगरपालिकाले आफूद्वारा जारी गरेको नोटिसलाई अमान्य गरेको आरोप लगाउँदै २१८ नोटिस जारी गरेको छ। दार्जीलिङ नगरपालिकाले अवैद्य निर्माणहरू विरुद्ध सशक्त कदम उठाइने वर्तमान बोर्डले आफ्नो गठनकालदेखि नै भन्दै आइरहेको छ। नगरपालिकाले शहरका विभिन्न क्षेत्रहरूमा निर्माण गरिएका अवैद्य निर्माणहरू विरुद्ध गत केही हप्ताअघि पश्चिम बङ्गाल नगरपालिकाको ऐन २२० को आधारमा नोटिस जारी गरेको थियो। नगपालिका ऐन २२० नोटिस जारी भएपछि निर्माण अधीन घर बिल्डिंग कुनै पनि विषयहरूको काम रोक्न पर्छ अनि सुनवाईको निम्ति नगरपालिका कार्यलय जानुपर्ने हुन्छl तर दार्जीलिङ नगरपालिकाले जारी गरेको २२० को नोटिसलाई पनि अमान्य गर्दै निर्माण कार्य जारी राखेकोमा आज नगरपालिका अध्यक्ष रितेश पोर्तेलले निर्माण गरिएका क्षेत्रहरूको भ्रमण गर्दै पाँचजनाविरुद्ध बङ्गाल नगरपालिका ऐन २१८ को नोटिस जारी गरेको छ। जारी गरिएको २१८ को आधारमा सुनाई हुने भएको छ।

About Author

Advertisement