सिक्किम सरकारद्वारा औपचारिकरूपमा धरती आभा जनजातिय ग्राम उत्कर्ष अभियान शुरू

Screenshot_20250616_231633_Gmail

गान्तोक: सिक्किम सरकारले आज सिक्किममा बसोबासो गर्ने जनजाति समुदायको समग्र विकास सुनिश्चित गर्ने उद्देश्य लिएर औपचारिकरूपमा धरती आभा जनजातिय ग्राम उत्कर्ष अभियानको शुभारम्भ गरेको छ।
उक्त कार्यक्रम शुभारम्भ आज राजधानीस्थित रिज पार्कमा गोल्डन जुब्ली हाई अल्टिट्यूड इन्टरनेशनल म्याराथनको पदक सम्मान समारोहको अवसरमा सामाजिक कल्याण, महिला, बाल, वरिष्ठ नागरिक विभाग मन्त्री साम्डुप लेप्चाले गरे।
यो पहल भारत सरकारको जनजाति मामिला मन्त्रालयको बृहत् ढाँचा अनुरूप सिक्किम सरकारको समाज कल्याण विभागको जनजाति मामिला विभाग अन्तर्गत कार्यान्वयन गरिनेछ। धरती आबा जनजाति ग्राम उत्कर्ष अभियान एक प्रमुख बहु-क्षेत्रीय पहल हो जुन पीएम-जनमन योजनाका उपलब्धिहरूमा आधारित छ। यसको उद्देश्य जनजाति बहुल्य क्षेत्रमा पूर्वधारको विकाससँगै आवश्य सेवा उपलब्ध गराउनु रहेको छ।
यस कार्यक्रम अन्तर्गत १७ केन्द्रिय मन्त्रालयहरू र २५ लक्षित हस्तक्षेपहरूको अभिसरण मार्फत देशका २६ राज्य र ४ वटा केन्द्र शासित प्रदेशका ५४९ जिल्ला र २,९११ ब्लकहरूमा रहेका ६३,८४३ जनजाति गाउँहरूमा लम्बित विकासात्मक समस्याहरूलाई सम्बोधन गरिने छ, जसद्वारा लगभग ५ करोड जनजाति समुदायलाई लाभ पुग्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement