गान्तोक: जनसंवाद सामाजिक परिषद, सिक्किम प्रकोष्ठको पहलमा आज आईटीआई रम्फूमा नशालु पदार्थविरूद्द एक सचेतना कार्यक्रम सफलतापूर्वक आयोजन गरियो। यस अवसरमा मुख्य अतिथिकोरूपमा उफस्थित मुख्यमन्त्रीका सल्लाहकार रोहित राज महाराजले युवाहरुलाई समाजका हितमा काम गर्ने आह्वान गरे। उनको साथमा जन संवाद सामाजिक परिषद, सिक्किम प्रकोष्ठका अध्यक्ष डा. सञ्जय छेत्री, पाकिम जिल्लाकी वरिष्ठ पुलिस अधीक्षक पारू रूचाल लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। नशालु पदार्थविरूद्धको सचेतना कार्यक्रममा नशालु पदार्थको दुरुपयोगले नकारात्मक प्रभावबारेमा जागरूकता फैलाउनमा केन्द्रित गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै पाकिम जिल्लाकी वरिष्ठ पुलिस अधीक्षक पारु रुचालले एनडीपीएस ऐनअन्तर्गत गैरकानुनीरूपमा नशालु पदार्थको कारोबारबारेमा जानकारी गराइन्। उनले थप जानकारी गराएअनुसार नशालु पदार्थको दुरूपयोगले नकारात्मक परिणाम ल्याउन सक्ने भएकोले यय विषयमा विद्यार्थी साथै आम नागरिकहरू सचेत र सतर्क रहनुपर्ने आग्रह गरिन्।