आर्मी पव्लिक स्कूल र केन्द्रीय विद्यालयका विद्यार्थीहरूद्वारा राजभवनको भ्रमण

IMG-20250616-WA0092

गान्तोक: राज्यमा सञ्चालित आर्मी पब्लिक स्कूल र देउरालीस्थित केन्द्रीय विद्यालयका ५-१४ उमेरका मोठ ९२ जना विद्यार्थीहरूले आज राजभवन परिसरमा आयोजित ग्रीष्मकालीन शैक्षिक भ्रमणको एक भागकोरूपमा राजभवन परिसरको अध्ययन भ्रमण गरे। यस अवसरमा विद्यार्थीहरूले शैक्षिक भ्रमणबारेमा प्राप्त ज्ञान साझा गरेका छन्। उक्त कार्यक्रम सेनाको ब्ल्याक क्याट डिभिजनद्वारा आयोजन गरिएको थियो। जसले युवा विद्यार्थीहरूलाई राजभवनको महत्त्व र धरोहरबारेमा सिक्ने अवसर प्रदान गरेका थिए। यस अवसरमा राज्यपाल ओमप्रकाश माथुरले विद्यार्थीहरूलाई आमन्त्रित गर्दै राजभवनको महत्वबारे बताए। पुरानो राजभवनमा आयोजित अन्तर्क्रियात्मक सत्रमा राज्यपालले विद्यार्थीहरूलाई अनुशासन, शिक्षा र देशभक्तिको मूल्यमान्यता कायम राख्न प्रोत्साहित गरे। विद्यार्थीहरूले राजभवनको भ्रमण गर्ने र राज्यपालसँग अन्तर्क्रिया गर्ने अवसर प्राप्त गरेकोमा कृतज्ञता व्यक्त व्यक्त गर्दै यहाँबाट प्राप्त अनुभव प्रेरणादायी रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement