मुख्यमन्त्री तामाङको राष्ट्रपति द्रोपदी मुर्मूसँग भेट

IMG-20250616-WA0091

गान्तोक: आधिकारिक भ्रमणको निम्ति दिल्ली पुगेका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज देशका राष्ट्रपति द्रोपदी मुर्मूसँग भेट गरे। यसबीच मुख्यमन्त्री तामाङले सिक्किका जनताको तर्फबाट शुभकामना व्यक्त गरे। भेटको क्रममा मुख्यमन्त्रीले सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठ महोत्सवको अवसरमा अनावरण गरिएको पोस्टल स्ट्याम्प र ५० रूपियाँको स्मारक सिक्का प्रदान गरे। यस अवसरलाई गौरवपूर्ण अनि ऐतिहासिक क्षण बताउँदै मुख्यमन्त्रीले यो पहल सिक्किमे जनताको एकता र आकांक्षाको प्रतीक रहेको बताए। भारतीय संघभित्र विकास र सद्भावको पाँच दशकको यात्रालाई मान्यता दिँदै राज्यमा चलिरहेको उत्सवको एक भागको रूपमा स्मारक चिन्ह प्रस्तुत गरिएको जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement