आयरल्याण्डलाई ६२ रनले पराजित गरी टी२० सीरीज जित्यो वेष्ट इण्डिजले

IMG-20250616-WA0084

ब्रेडी (उत्तरी आयरल्याण्ड): वेष्ट इण्डिजले तेस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा आयरल्याण्डलाई ६२ रनले पराजित गरी वर्षाले प्रभावित ३ वटा म्याचको सीरीज १-०-ले जित्यो। म्याचमा वेष्ट इण्डिजले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर २५६ रनको विशाल स्कोर बनायो। यो वेष्ट इण्डिजको यस प्रारूपमा दोस्रो सर्वोच्च स्कोर हो। यसअघि वेष्ट इण्डिजले दक्षिण अफ्रिकाविरुद्ध २६ मार्च २०२३-मा ५ विकेटमा २५८ रन बनाएको थियो। वेष्ट इण्डिजलाई विशाल स्कोरसम्म पुऱ्याउनमा ओपनर एविन लुईस (४४ बलमा ९१ रन) र कप्तान शाई होप (२७ बलमा ५१ रन)-बीच पहिलो विकेटको निम्ति १०.३ ओभरमा भएको १२२ रनको पार्टनरशीपले ठूलो भूमिका निर्वाह गऱ्यो। लुईसले ८ वटा छक्का र ७ वटा चौका लगाए। यसरी होपले ४ वटा चौका र ४ वटा चौका लगाए। यी दुई बाहेक केसी कार्टीले ४ वटा छक्का र ४ वटा चौकाको साथ २२ बलमा अविजित ४९ रन बनाए। रोमारियो शेफर्डले ३ वटा छक्काको साथ ६ बलमा अविजित १९ रन बनाए। वेष्ट इण्डिजका ब्याटरहरूले म्याचमा जम्मा २० वटा छक्का लगाए। आयरल्याण्डका बलरहरूमा म्याथ्यू हम्फ्रेशले सर्वाधिक २ विकेट लिए। जवाफमा आयरल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १९४ रन मात्र बनाउन सक्यो। रोस एडेयरले सर्वाधिक ४८ रन बनाए। उनले ३६ बल खेलेर ४ वटा छक्का र ३ वटा चौका लगाए। यसबाहेक ह्यारी टेक्टरले ३८ र मार्क अडेयरले अविजित ३१ रनको योगदान दिए। टेक्टरले २५ बल खेलेर ४ वटा चौका र २ वटा छक्का लगाए। यसरी अडेयरले १४ बलमा ४ छक्का लगाए। वेष्ट इण्डिजका बलरहरूमा अकील हुसैनले ३ र जेसन होल्डरले २ विकेट लिए। यी दुई टीमबीच सीरीजको पहिलो २ वटा टी२० इण्टरनेशनल म्याच वर्षाले गर्दा रद्द गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement