टीएनपीएल-मा स्पिनर अश्विनमाथि बल टेम्परिंगको आरोप

IMG-20250616-WA0087

नयाँ दिल्ली: पूर्व भारतीय स्पिनर रविचन्द्रन अश्विनमाथि तमिलनाडु प्रीमियर लीग (टीएनपीएल) मा बल टेम्परिंगको आरोप लगाइएको छ। मदुरै पेन्थर्सले हालै टीएनपीएल-लाई एउटा लिखित आरोप गरेको थियो, जसमा अश्विन र वर्तमान च्याम्पियन डिण्डीगुल ड्रेगन्समाथि शनिवार १४ जूनमा बल टेम्परिंगको आरोप लगाइएको थियो। टीएनपीएल-का मुख्य कार्यकारी अधिकारी प्रसन्ना कन्ननले पेन्थर्ससँग यस दिग्गज अफ् स्पिनरविरुद्ध आफ्नो आरोपको समर्थनमा सबूत पेश गर्ने निर्देश दिएका छन्। उल्लेखनीय छ, हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने अश्विनको नाममा ७०० भन्दा अधिक अन्तर्राष्ट्रिय विकेट रहेको छ। लीगका सीईओ-ले मदुरैको फ्रेञ्चाइजीले सबूत पेश गर्न नसके अश्विनविरुद्ध यस प्रकारको आरोप लगाएकोमा शास्तीको सामना गर्नु पर्ने पनि स्पष्ट गरेका थिए। प्रसन्नाले भने, उनीहरूले नालिश दर्ता गरेका छन् अनि हामीले त्यसलाई स्वीकार गरेका छौं। नियमहरू अनुसार खेलको २४ घण्टा भित्र नालिश दर्ता गर्नु भए पनि हामीले यसलाई स्वीकार गरेका छौं अनि उनीहरूलाई आरोपहरूको सबूत पेश गर्नु भनेका छौं। आरोपहरूमा सत्यता रहेको अनुभव भए हामी एउटा स्वतन्त्र समिति गठन गर्नेछौं। पर्याप्त सबूतहरू बिना कुनै खेलाड़ी र अन्य फ्रेञ्चाइजीमाथि यस प्रकारको आरोप लगाउनु गलत हो। उनीहरूले सबूत दिन नसके मदुरैलाई दण्डको सामना गर्नु पर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement