नयाँ दिल्ली: बीसीसीआईले सोमवार चोटग्रस्त आदित्य राणा र खिलान पटेलको स्थानमा डी दीपेश र नमन पुष्पकलाई आउँदो ईंग्ल्याण्ड यात्राको निम्ति भारतको अण्डर-१९ टीममा सामेल गऱ्यो। यो यात्रा २४ जूनदेखि २३ जुलाईसम्म चल्नेछ। बीसीसीआईले बताएअनुसार, जूनियर क्रिकेट समितिले आउँदो ईंग्ल्याण्ड यात्राको निम्ति आदित्य राणा र खिलान पटेलको स्थानमा क्रमशः डी दीपेश र नमन पुष्पकलाई टीममा सामेल गरेको छ। यी दुईजना खेलाड़ी यात्राको निम्ति स्ट्याण्डबाई खेलाड़ीहरूका सूचीमा सामेल थिए। अभ्यास शिविरको अवधि आदित्यको ढाड़मा अनि खिलानको दाहिने खुट्टामा चोट लागेको छ। ईंग्ल्याण्डमा भारतीय अण्डर-१९ टीमको कप्तानी आयुष म्हात्रेले गर्नेछन्। भारतीय टीममा १४ वर्षीय विध्वंशी ब्याटर वैभव सूर्यवंशी पनि रहेका छन्।
भारतीय अण्डर-१९ टीम यसप्रकार छः आयुष म्हात्रे (कप्तान), वैभव सूर्यवंशी, विहान मल्होत्रा, मौल्यराजसिंह चावड़ा, अनमोलजीत सिंह, डी दीपेश, नमन पुष्पक, राहुल कुमार, अभिज्ञान कुण्डू, हरवंश सिंह, आरएस अम्बरीश, कनिष्क चौहान, हेनिल पटेल, युधजीत गुहा, प्रणव राघवेन्द्र र मोहम्मद इनाम।