जबसम्म दार्जीलिङ पहाडमा जन्मदर बढेर जाँदैन तबसम्म पाठशालामा विद्यार्थीहरु बढ्ने छैन: अनित थापा

IMG-20250616-WA0079

खरसाङ: जबसम्म दार्जीलिङ पहाडमा जन्मदर बढेर जाँदैन तबसम्म पाठशालामा विद्यार्थीहरु बढ्ने छैन भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्‌।‌ उनले दार्जीलिङ पहाडमा घट्दो जन्मदर र सरकारी विद्यालयमा घट्दो विद्यार्थी संख्याप्रति चिन्ता व्यक्त गर्दै उक्त कुरा बताएका छन्। खरसाङ महकुमा अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतको रोलकमा रोलक प्राथमिक पाठशालाको नवनिर्मित भवनको उदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित थापाले उक्त कुरा बताएका छन्। उनले आफ्नो सम्बोधनमा भने, रोलक प्राथमिक पाठशालाको भवन निर्माणको लागि तिलकचन्द्र रोका सर हुँदा पनि भन्नु भएको थियो र अहिले राजेस चौहान हुँदा पनि लागातार रुपमा भनिरहेका थिए र अहिले यो पाठशालाको नयाँ भवन निर्माण भएर पनि उदघाटन गरिएको छ। सिटोङको यस गाउँमा कम समयमा राम्रो भएको छ। तर स्कूल भवन बनिए पनि विद्यार्थी नानीहरु हुनु जरुरी छ।‌ नानीहरु नै छैन भने कसरी स्कूल सञ्चालन हुन्छ? स्कूल सञ्चालनको‌ लागि विद्यार्थीहरु हुन आवश्यक हुन्छ।‌ विद्यार्थीहरुको संख्यालाई हेरेर नै शिक्षक शिक्षिकाहरु नियुक्त गरिन्छ। तर विद्यार्थीहरु छैन भने शिक्षक शिक्षिकाहरु कसरी नियुक्त हुन्छ?’
अनित थापाले अघि भने, ‘अहिले हाम्रो जन्म अनुपात एकदमै घटेर गएको छ।‌ यति बेसी घटेर गएको छ कि एउटा परिवारमा १० जनाबाट घटेर केवल ३ जना मात्र भएका छन्। जन्म अनुपात बढाउन एकदमै आवश्यक छ। यसतर्फ कार्य गर्नु एकदमै जरुरी रहेको छ। यस विषयमा मैले लगातार रुपमा मानिसहरुलाई सचेत गराउने‌ कार्य गरिरहेको छु अनि गरिरहनेछु। त्यहीमाथि हामी गोर्खाहरु देशमा अल्पसंख्यक रुपमा रहेका छौं। यसतर्फ सबैले आफ्नो परिवार, गाउँ समाजमा सचेत गराउनुपर्छ र बुझाउनुपर्छ।’
आफ्नो सम्बोधनमा जीटीएको प्रमुख कार्यपाल अनित थापाले जीटीए क्षेत्रमा ५० वटा नयाँ प्राथमिक पाठशाला भवनहरु निर्माण गर्ने निर्णय गरिएको पनि घोषणा गरेका छन्।‌ यस कामको लागि जीटीएको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानलाई जिम्मेवारी दिइएको पनि बताएका छन्। उनले कुनै स्कूल जीर्णावस्थामा रहेको छ त्यसको प्राथमिकता अनुसार साथै कुन स्कूलमा विद्यार्थीहरु बेसी छन् त्यो हेरेर चिन्हित गरेर नयाँ भवनहरु निर्माण गरिने भएको पनि बताएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement