खरसाङको अप्पर डुमारामस्थित देवी मन्दिरमा चोरी गरिरहेको अवस्थामा एकजना चोर पक्राउ

1750086869542

खरसाङ: खरसाङको अप्पर डुमाराममा अवस्थित एउटा देवी मन्दिरमा चोरी गरिरहेको अवस्थामा आज स्थानीय गाउँलेहरूले एकजना चोरलाई पक्राउ गरेका छन्। गाउँलेहरूले उक्त चोरलाई पक्राउ गरेपछि खरसाङ पुलिसलाई सुम्पिदिए। चोर अनेपाली रहेको तथा उनी मधेशबाट यहाँ मिस्त्री काम गर्न आएको स्थानीय गाउँलेहरूले बताएका छन्। उक्त मन्दिरमा आजसम्म कम्तीमा चारपल्टसम्म चोरी भइसकेको जनाउँदै आजसम्म चोरलाई पक्रन नसकिए तापनि आज भने यी चोरलाई मन्दिरको घण्टी, थाल, दियो इत्यादि चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको जनाए। यस सन्दर्भमा स्थानीय ग्रामवासीहरूले कसैले पनि अबउसो मधेशबाट काम गर्न कोही पनि कामदारहरू ल्याउँछन् भने सर्वप्रथम तिनीहरूको आधार कार्ड तथा कुनै पनि परिचय पत्र हेर्नुपर्ने बताउँदै यसरी जताभावी मधेशबाट आएका कामदारहरूलाई क्षेत्रमा राख्दा यस्ता घटनाहरू घट्ने गरेको जनाए औ सबैलाई यसतर्फ सचेत रहने अनुरोध गरेका छन्।


उक्त घटनापछि खरसाङ पुलिस प्रशासनले उक्त चोरलाई लगेर गएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement