खरसाङ: नेवार जातिको उत्थान र उन्नतिको निम्ति सदैव योगदान दिने अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको सचिव सुवास प्रधानलाई नेवार संगठनद्वारा दार्जिलिङमा सम्मानित गरिएको छ। उक्त कार्यक्रममा नेवार जातिको भाषा संस्कार संस्कृति एवं नेवार जातिको एकता अखण्डतालाई मजबुतिकरण गरी स्थापना कालदेखि योगदान दिने कालेबुङ, डुवर्स, मिरिक, दार्जिलिङ, खरसाङका विशिष्ट व्यक्तिहरूलाई सम्मानको कार्यक्रम गरियो। उक्त संगठन विगत १९९५ साल मिरिकको युथ होस्टेलमा सल्लाह परामर्श अनुरूप शुरू गरेका थिए। उक्त कार्यक्रममा खरसाडबाट सुवास प्रधानलाई सम्मान गरिएको छ। उनलाई आजसम्म नेवार संगठन एवं नेवार जातिको उत्थान र उन्नतिको निम्ति सदैव योगदान पुर्याएर खरसाङ आञ्चलिक समितिमा सचिवको अभिभारा लिएर खरसाङ महकुमा पनि अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समिति भिमेश्वर मन्दिरको संरक्षण गर्न ठूलो योगदान रहेको छन् भन्ने उद्देश्य लिएर सम्मान गरिएको छ। अखिल भारतीय नेवार संगठन अधिवेशनमा विभिन्न राज्यबाट पनि नेवार परिवारहरू उपस्थित रहेका थिए भने कार्यक्रम सूर्य नारायण प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रमको सञ्चालन योगवीर साक्य कालेबुङले गरेका थिए।

अखिल भारतीय नेवार संगठनको अधिवेशन दार्जिलिङको भानु भवनमा सम्पन्न गरिएको थियो। उक्त अधिवेशनमा प्रमुख अतिथिको रूपमा जीटीए प्रमुख कार्यपाल अनितकुमार थापाको उपस्थिति रहेको थियो भने दार्जिलिङको चौरस्तामा भेला भई विभिन्न नृत्य बाजा गाजासितै रैली लिएर भानु भवन पुगि संगठनको झण्डा उत्तोलन गरेर अधिवेशन शुरू गरिएको थियो।