सिटोङको रोलक प्राथमिक पाठशालाको नवनिर्मित भवनको अनित थापाद्वारा उदघाटन

1750079578115

जीटीएले थप ५० वटा नयाँ प्राथमिक पाठशाला भवनहरु बनाउनेछ: राजेस चौहान

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतको रोलक बस्तीमा रोलक प्राथमिक पाठशालाको नवनिर्मित भवनको उदघाटन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले गरेका छन्। उक्त कार्यक्रम दार्जिलिङ जिल्ला प्राथमिक शिक्षा बोर्डको अध्यक्ष तिलकचन्द्र रोकाले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रूपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए‌। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको कार्यकारी सभासद राजेस चौहान, कार्यकारी सभासद रतन थापा, बिजयकुमार राई, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए।‌ प्राथमिक शिक्षा बोर्डको‌ सदस्य शिशिर राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण विद्यालय सह निरीक्षक रोशनी सार्कीले‌ राखेकी थिइन्।‌ कार्यक्रममा रोलक प्राथमिक पाठशालाको विस्तृत इतिहास पाठशाला सञ्चालन समितिको सभापति अम्बर छेत्रीले राखेका थिए। यसै कार्यक्रममा जीटीए प्रमुख कार्यपाल अनित थापा र जीटीएको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानको उपस्थितिमा रोलक प्राथमिक पाठशालाको प्रधान अध्यापक टाँशी छिरिङ लेप्चाको बाहुलीबाट नवनिर्मित रोलक प्राथमिक पाठशालाको दुई तले भवनको उदघाटन गरिएको छ। सन् १९५७ सालमा स्थापना भएको रोलक प्राथमिक पाठशालाले सन्‌ १९६४ मा‌ पूर्ण पाठशालाको दर्जा प्राप्त गरेका थिए। रोलक प्राथमिक पाठशालाको नवनिर्मित भवन जीटीएको शिक्षा विभागबाट लगभग ६८ लाख रुपियाँको खर्चमा निर्माण गरिएको छ। यसै कार्यक्रममा पाठशाला सञ्चालन समितिको तर्फबाट जीटीए प्रमुख अनित थापा, प्राथमिक शिक्षा विभागको कार्यकारी सभासद राजेस चौहानलाई खदार्पणसहित शल ओढाएर सम्बर्ध्दना पत्र प्रदान गरेर सम्मान गरिएको छ। रोलक प्राथमिक पाठशालामा अहिले पाँचौं श्रेणीसम्म पढाई रहेको छ अहिले ५० जना विद्यार्थीहरु रहेको जानकारी प्राप्त भएको छ।‌

यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै जीटीएको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको कार्यकारी सभासद राजेस चौहानले जीटीए क्षेत्रको प्राथमिक शिक्षा स्तरलाई माथि उठाउन र प्राथमिक शिक्षालाई गुणस्तरीय बनाउन लगातार रुपमा कार्य गरिरहेको बताएका छन्‌। उनले जीटीए क्षेत्रमा रहेको विभिन्न कमान बस्तीमा रहेका ५० वटा जति प्राथमिक पाठशालाहरुलाई चिन्हित गरेर जीर्णोध्दार गरिने पनि बताएका छन्। पत्रकारहरुसित कुराकानी गर्दै रोलक प्राथमिक पाठशालाको प्रधान अध्यापक टाँशी छिरिङ लेप्चाले जीटीएको तर्फबाट रोलक प्राथमिक पाठशालाको दुई तले भवनको निर्माण कार्य पूरा भएपछि उदघाटन गरिएकोमा‌ खुशी व्यक्त गर्दै जीटीए प्रमुख अनित थापालए र प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानलाई धन्यवाद दिएका छन्‌। उनले यस प्राथमिक पाठशालामा‌ अहिले पाँचौं श्रेणीसम्मको पढाई हुने र यसमा जम्मा ५० जना विद्यार्थीहरु रहेको पनि जानकारी गराएका छन्‌‌।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement