खरसाङ: डा. अम्बेडकर गाउँ ग्राम सुधार समिति शिव मन्दिर पाखा खरसाङको तत्वधानमा सम्बर्ध्दना कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा मुख्य अतिथिको रुपमा २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पा उपस्थित रहेका थिए। उनलाई सम्मान गर्न हेतु उक्त सम्बर्द्धना कार्यक्रम आयोजन गरियो। विगत चार महिना अघि नव निर्मित यस समाजद्वारा आयोजित यस कार्यक्रममा सर्वप्रथम वरिपरिका समाजहरु नयाँ बस्ती समाज कल्याण समिति, नयाँ बस्ती फुटबल क्लब, हरिजन कल्याण समिति, शेर्पा बस्ती ग्राम विकासका सभापति सचिवलाई खदा लगाएर स्वागत जनाएपछि भारत रत्न डा. बाबा साहेब भीमराव अम्बेडकरको फोटोमा द्वीप प्रज्वलन गरेर कार्यक्रमकाे शुरु गरियो। कार्यक्रममा विगत अहमदाबाद विमान दुर्घटनामा ज्यान गुमाएका यात्रीहरु अनि समाज सदस्य स्वर्गीय अनुप राउतकोे आत्माले शान्ति पाउन् भनी एक मिनटकाे मौन धारण गरियो। समाजद्वारा गाँउका वरिष्ठ नागरिक काइली तामाङ अनि बुद्ध राउतलाई शल ओढाएर सम्मान गरियो। कार्यक्रममा अम्बेडकर गाउँका नानीहरूले सामूहिक नृत्य, एकल नृत्य तथा गीत प्रस्तुत गरेका थिए। डा. अम्बेडकर गाउँ ग्राम सुधार समितिकोे तर्फबाट यस वर्ष माध्यमिक अनि आईसीएसईमा उत्तीर्ण भएका चारजना छात्र छात्रा ग्लेनहिल पब्लिक स्कूलकी साधना राउत, अनि सन्त अल्फन्स स्कूलका अमन हरि, अर्मान हरि, अनि दिपक हरिलाई खदा अनि स्मृति चिन्ह दिएर सम्मानित गरियो भने गाउँमा यस वर्ष सबैभन्दा अधिक अंक ल्याउने एलेक्स हरिलाई पनि प्रोत्साहन गर्दै स्मृति चिन्ह प्रदान गरियो। कार्यक्रममा उपस्थित विभिन्न संघ संस्थाबाट आएका सभापति सचिवहरुले आ आफ्ना वक्तव्य राखेका थिए। कार्यक्रममा समाजकाे तर्फबाटट २८ नम्बर समष्टिका सभासद श्याम शेर्पालाई समाजलाई गरिदिएको सहयोगकाे निम्ति समाजद्वारा आभार व्यक्त गर्दै सम्बर्ध्दना जनाइएको छ। यस अवसरमा उनलाई खदार्पणसहित फूल गुच्छा, शल ओढाएर साथै सम्बर्ध्दना पत्र प्रदान गरेर सम्बर्ध्दना जनाइएको छ।कार्यक्रममा सभासद श्याम शेर्पाले आफ्नो सम्भाषणमा यस प्रकारको कार्यक्रमले आफुलाई भविष्यमा अझैं धेरै कार्य गर्न प्रोत्साहित गर्छ र गर्नु पर्ने रहेछ भनी बताएका छन्। उनले भने, यो गाउँमा प्रतिभाशाली व्यक्तिगण भए पनि एकत्रित हुन् सकेका थिएन र यस गाउँलाई एकत्रित गर्ने सोच लिएर बस्नु भएको थियो र सबैकोे मत भएपछि यो समाजकोे नाम सर्वसम्मतिले डा अम्बेडकर गाउँ ग्राम सुधार राखियो र यस गाउँकोे नाम पनि खरसाङ नगरपालिकाद्वारा प्रशासनिक स्तरमा अम्बेडकर गाउँ भई सकेको छ। सभासद श्याम शेर्पाले विशेष रुपमा समाजले पढ्ने नानीहरूलाई सम्बर्द्धना गरेकोमा कार्यक्रममा सहभागी बन्न पाएकोमा आभार व्यक्त गर्दै भविष्यमा यसरी नै यस भेगबाट पनि नानीहरू डब्लुबीसीएस, आईपीएस भएर निस्कनु सकोस् र अन्य खेलकूद संगीतकोे क्षेत्रमा पनि अघि बढेर जाओस् भन्ने उद्देश्य प्रोत्साहित गर्दै सुझाव राखेका थिए। उनले भविष्यमा यस समाजद्वारा गरिने कार्यक्रममा र समाजलाई आफ्नो तर्फबाट जे जति सहयोग चाहिन्छ म मेरो क्षमता अनुसार गर्नेछु भनी बताएका छन्। कार्यक्रममा समिति अध्यक्ष मोहनकुमार राईले आफ्नो अध्यक्षीय सम्भाषणमा यस सम्बर्द्धना कार्यक्रममा मुख्य अतिथि श्याम शेर्पा अनि विभिन्न संस्थाबाट आएका सभापति सचिवलाई धन्यवाद दिन्दै यो समाज भर्खरै जन्मिएको हो र यहाँ विभिन्न संस्थाबाटआएका अनुभवी व्यक्तिहरुलाई धन्यवाद दिएका छन्। उनले यस भेगकोे बदली अम्बेडकर गाउँ प्रशासनिक रूपमा बदली गरिदिएकोेमा मञ्चबाटै खरसाङ नगरपालिकालाई धन्यवाद दिएका छन्।

वर्तमानमा यस नव निर्मित समाजलाई सञ्चालनमा भईरहेको समस्यासँग मुख्य अतिथि श्याम शेर्पालाई अवगत गराउँदै भविष्यमा हाम्राे समाजलाई सहयोगकाे अपेक्षा राख्दछौँ भनी बताएका छन्।कार्यक्रमकोे अन्त्यमा समितिकोे मूल सचिव अनि यस कार्यक्रमकोे सञ्चलक संजय रावतकोे जन्मदिन सम्पूर्ण समिति सदस्यगणद्वारा उपस्थित अतिथिहरुकमाझ केक काटेर मनाइएको छ। अन्त्यमा समितिकाे मूल सचिव सञ्जय राउतले सम्बर्द्धना कार्यक्रममा सम्पूर्ण उपस्थित अथितिगण, समितिका सदस्यगण, सम्पूर्ण सहयोगी हातहरू कार्यक्रमलाई सफल बनाउनमा सहयोग गरिदिएकोमा धन्यबाद दिका छन्।