कालेबुङ: कालेबुङ डिस्ट्रिक्ट फूटबल एसोसिएशन को तत्त्वावधानमा आयोजित कालेबुङ फूटबल लीग (के-लीग) मा आइतवार २ वटा रोमाञ्चक म्याच खेलियो। मेला ग्राउण्डमा खेलिएको पहिलो म्याचमा सासोनियन एफसी-ले नादोङ भूटिया फूटबल एकाडमीविरुद्ध ४-१ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सुरज तामाङ, खारोन सुब्बा, टिका भुजेल र लेण्डुप लेप्चाले १-१ गोल गरे। यसरी नादोङ भूटिया फूटबल एकाडमीको तर्फबाट ल्याञ्चो लेप्चाले गोल गरे। दोस्रो म्याचमा लाञ्जिंग एफसी-ले शेयर एफसीविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट आकाश सुन्दास र रणजोयले १-१ गोल गरे।