कालेबुङ: कालेबुङ बोङ दुर्पिन समष्टि संयोजक पंकज छेत्रीको तत्परतामा समष्टिको एउटा सभामा भागोप्रमो बोङ दुर्पिन समष्टि सल्लाहकार समिति गठन गरियो। पार्टी सूत्रले दिएको जानकारी अनुसार सभासद चुनाउको परिणाम पछि भागप्रमो-ले कालेबुङ जिल्ला अन्तर्गत प्रायः सबै समष्टिमा सांगठनिक फेरबदल गरिएको थियो। त्यसरी नै गत दिन अघि पार्टी अध्यक्ष अनित थापाको विशेष उपस्थितिमा ३५ बोङ दुर्पिन समष्टि समिति पनि विघटन गरेर समष्टि संयोजकको रूपमा पंकज छेत्रीलाई चयन गरिएको थियो। आफूलाई पार्टीले विश्वास अनि भरोसा गरेर सुम्पेको जिम्मेवारी बोध गर्दै पंकज छेत्रीले समष्टिलाई सांगठानिक रूपमा अझ बलियो बनाएर अघि लैजाने तर्फ निरन्तर कार्यहरू गरिरहेका छन्।











