गान्तोक: सिक्किम प्रदेश भाजलाले अइतवार साँझ स्थानीय एमजी मार्गमा क्याण्डल लाइज कार्यक्रम आयोजन गरि अहमदाबाद हवाई दुर्घटनामा झ्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गऱ्यो। स्मरण रहोस्, केही दिन अघि गुजरातको अहमदाबादमा भएको इन्डियन एयरलाइन्सको एक भीषण हवाई दुर्घटनामा २५० भन्दा अधिक मानिसहरुले ज्यान गुमाएका थिए। मृतकहरुलाई श्रद्धाञ्जली अर्पण गर्न उक्त क्याण्डल लाइट कार्यक्रम आयोजन गरिएको थियो। राष्ट्रका लागि उक्त दुखद दुर्घटनाप्रति दुख व्यक्त गर्दै एक्यवद्धता देखाउन भाजपा कार्यकर्ताहरू राजधानीमा भेला भएका थिए।

पार्टीले मृत आत्माहरूको नाममा मौनधारण गरेका थिए भने घायलहरुका नाममा प्रार्थना चढ़ाएका थिए। यसअवसरमा सिक्किम भ्रमणमा आएका अहमदाबादका पर्यटकहरूले पनि सामुहिकरुपमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए।