ग्लोरी कप २०२५:नेताजी युथ क्लब, सेवोक च्याम्पियन

IMG-20250615-WA0067

कालचिनी: कालचिनीमा सम्पन्न ग्लोरी कप २०२५ फूटबल टुर्नामेण्टमा नेताजी युथ क्लब, सेवोक च्याम्पियन बन्यो। ग्लोरी कप अर्गनाइजिंग कमिटीको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको फाइनल म्याचमा नेताजी युथ क्लबले मोंग्रा फूटबल क्लब (सामुकतला) विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।
नेताजी युथ क्लबका फूटबलर इभानले प्लेयर अव् द म्याच र म्याक्सवेलले प्लेयर अव् द टुर्नामेण्टको ट्रफी जिते। यसरी बेस्ट गोलकीपरको ट्रफी मोंग्रा फूटबल क्लबका प्रवीण सोरेनले जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement