खरसाङ: दार्जिलिङ ट्राफिक पुलिसको निर्देशनमा खरसाङ ट्राफिक पुलिसको आयोजनामा पिक अप भ्यान चालकहरुलाई लिएर सेफ ड्राइभ सेफ लाइभ विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त सचेतना कार्यक्रम खरसाङको धर्मशाला क्षेत्रमा रहेको दार्जिलिङ पिक् अप भ्यान चालक संगठनको कार्यालयमा सम्पन्न भएको छ। यस सचेतना कार्यक्रममा खरसाङ ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्री, एएसआई दिप विश्वकर्म, लेडी कन्सटेबल सन्ध्या तामाङ साथै पिक अप भ्यान चालक संगठनको तर्फबाट सभापति, सचिव र सदस्यहरु अनि पानी बोक्ने गाडी चालकहरु लगाएर ५०-५५ जना उपस्थित रहेका थिए। यस सचेतना कार्यक्रममा खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्रीले पिक अप् भ्यान चालकहरुलाई ट्राफिक सचेतना गराउँदै खरसाङ बजारमा बिहान ८ बजी अघि र बेलुका ७:३० बजीपछि पार्किङको स्थान धर्मशाला नजिक र त्यहाँ असुविधा भएमा वा बेसी भएमा टर्मिनसमा राख्न सकिने बताएका छन्। उनले खरसाङ बजारमा पानी बोक्ने पिक अप भ्यान चालकहरुले आपतकालीन अवस्थामा पानी ल्याउन परेमा सार्वजनिक भवन जस्तै- नयाँ बजार र पार्क लोकेशनस्थित सार्वजनिक भवनमा पार्किङ पाउने पनि बताएका छन्। ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीले पिक अप भ्यान चालकहरुलाई सचेत गराउँदै भने, ‘खरसाङ बजारमा आपतकालीन अवस्थामा सर सामानहरु लिड गर्ने समय ५ देखि १५ मिनटसम्म रहने तर कोण नहटाई खाली ठाउँमा पार्किङ गरेर सर सामानहरु लोड गर्नु पर्ने हुन्छ। बजार क्षेत्रमा १० किलोमीटरको स्पिडले मात्र कुदाउनु पर्ने साथै बजारमा अतिरिक्त हर्न नबजाउने र पिक अप भ्यानतिर तोकिएकोभन्दा बेसी सामानहरु बोक्न पाइन्दैन। गाडीको कागज पत्रहरु सठीक हुनु पर्ने र सिट बेल्ट अनिवार्य रुपमा लगाउनु पर्ने हुन्छ।’
उनले अघि भने, ‘पिक अप भ्यानहरुले मानिसहरुलाई हानि हुने गरी र ज्यान मालको क्षति हुने गरी सामानहरु नबोक्नु पर्ने हुन्छ र चालकहरु र पुलिसमाझ एका अर्कामा सहयोगको साथमा काम गर्नु पर्ने हुन्छ।
सचेतना कार्यक्रममा खरसाङ बजारको ट्राफिक व्यवस्था सुचारु कसरी गर्नु भन्ने विषयमा विचार आदान प्रदान गरिएको थियो।’
खरसाङ बजारमा भनेको जस्तो पार्किङ व्यवस्था नभएको र यस विषयमा सम्बन्धित विभागले चाढै नै पहल गर्ने कुरामा आशावादी रहेको पनि जनाएका छन्। उनले खरसाङ र वरिपरिका स्थानहरुमा साथै विद्यालयहरुमा ट्राफिक सचेतना साथै ड्रग्स रोकथामको लागि सचेतना, साईबर सचेतना लगायत अन्य विषयहरुमा पनि सचेतना कार्यक्रम आयोजना गर्न परेमा खरसाङ ट्राफिक पुलिस सदैव तयार रहेको पनि बताएका छन्।