गोरामुमो अध्यक्ष मन घिसिङद्वारा रेणुलिना सुब्बासित कालेबुङमा भेटघाट

1750007364919

कालेबुङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष मन घिसिङ साथै गोरामुमो केन्द्रीय समिति सदस्यगण, गोरामुमो शीर्ष नेतृत्ववर्ग एवं गोरामुमो कार्यकर्ताहरुको टोलीको साथमा आज पूर्व विधायिका रेणुलिना सुब्बालाई भेटघाट गर्न उनको वासस्थान सिन्देबुङ, कालेबुङ पुगेका थिए। जीटीएद्वारा घोषणा गरेको प्रथम सुवास घिसिङ सर्वोच्च नागरिक सम्मान पुरस्कारको निम्ति चयन भएकोमा रेणुलिना सुब्बालाई गोरामुमो अध्यक्ष मन घिसिङ द्वारा बधाई दिन्दै रेणुलिना सुब्बाबाट आशिर्वाद ग्रहण गरे। यसै क्रममा गोरामुमो नेतृत्ववर्गद्वारा रेणुलिना सुब्बालाई खदा माला लगाएर बधाई दिएका‌ छन्। यसै क्रममा अध्यक्ष मन घिसिङ अनि रेणुलिना सुब्बासंग वार्तालाप गर्दै विगतको दिनहरुको राजनैतिक विषयमा चर्चा परिचर्चा गरे। आफ्नो विगतको अनुभवहरुबारे अध्यक्ष मन घिसिङलाई जानकारी गराउँदै भने, यो पुरस्कार मलाई होइन तर दाज्यु सुवास घिसिङको गोर्खा जातिप्रतिको योगदानको निम्ति समर्पित हो। हामी भिन्न-भिन्नै राजनैतिक सिद्धान्त अनि मत भिन्न भए पनि सर्वप्रथम हामी गोर्खा हौं। सुवास घिसिङले गोर्खा जातिको निम्ति ठूलो योगदान दिएर गएका छन्। गोर्खाहरुको इतिहासमा उनको योगदानलाई कहिले भुल्ने छैन। वहाँ एउटा राजनीतिज्ञ मात्र नभएर एक दार्शनिक पनि थिए। गोर्खाहरुले भारतको प्रथम दर्जाको नागरिकता पाउनु उनको योगदान थियो। गोर्खाहरुलाई भारतीय राजनैतिक मुलधारामा ल्याएर भारत देशमा उभ्याउने वहाँनै हुन्। सुवास घिसिङ दाज्युले सबैलाई सम्मान ब्यवहार गर्थे। वहाँको नेतृत्वमा पहाडमा चौतर्फी बिकासहरु भएका हुन्।

यस्तै थुप्रै पुरानो अनुभवहरु अध्यक्ष मन घिसिङलाई श्रीमती रेणुलिना सुब्बा साझा गरे। अध्यक्ष मन घिसिङलाई गोर्खा जातिको मुद्दालाई साकार बनाउनको निम्ति अग्रिम शुभकामना व्यक्त गरे। यसैक्रममा रेणुलिना सुब्बाले जीटीए द्वारा घोषणा गरेको सुवास घिसिङ सर्वोच्च नागरिक सम्मान पुस्कार दिइने पहलको निम्ति जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। राजनीति आफ्नो ठाउँमा छ तर हामी प्रथमतः गोर्खा हौं। हामी गोर्खा भएर बाच्न पर्छ भनी श्रीमती रेणुलिना सुब्बा आफ्नो भिडियो सन्देशमा भनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement