विधायक जिम्बाद्वारा मिलिङ चियाबारी क्षेत्रको भ्रमण

IMG-20250615-WA0033

सोनादा: दार्जीलिङ विधानसभा क्षेत्रका विधायक एवं गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिका सेक्रेटरी जनरल निरज तामाङ जिम्बाले हालै रंगबुल धोतरिया रंगबुक समष्टिमा अवस्थित मिलिङ चियाबारीको विशेष भ्रमण गरेका छन्‌। भ्रमणको क्रममा उनले धार्मिक, सामाजिक तथा पूर्व स्वीकृत विकास योजनाहरूको प्रत्यक्ष निरीक्षण गर्नुका साथै जनसम्पर्क कार्यक्रममार्फत स्थानीय जनताहरुसँग भेटघाट गरी उनीहरुको समस्याबारे जानकारी लिएका थिए। विधायक जिम्बाद्वारा सागा दावा महिनाको पावन अवसर पारेर ऐतिहासिक तथा आध्यात्मिक महत्त्व बोकेको सागा छोइलिङ बौद्ध गुम्बामा दर्शन गरे। धार्मिक श्रद्धाका साथ सम्पन्न पूजापाठपछि उनले गुम्बाका मानेपाहरूसँग आत्मीय भेटघाट गर्दै लत्ताकपडा र पूजा सामग्री हस्तान्तरण गरे। यसको साथै उनले गुम्बाका सञ्चालक समितिसँग वार्तालाप गर्दै गुम्बाको संरक्षण, आवश्यक पूर्वाधार र भावी योजनाबारे जानकारी लिँदै सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
गुम्बा दर्शनपश्चात, विधायक जिम्बाले आफ्नै एमएलए-एलएडी कोषमार्फत निर्माणाधीन दुई वटा सामुदायिक भवनहरूको कार्य प्रगतिको स्थलगत निरीक्षण समेत गरेका छन्। निर्माण कार्यको गति, गुणस्तर तथा स्थानीय अपेक्षाबारे सम्बन्धित पक्षहरूसँग छलफल गर्दै उनलेे ले यथाशीघ्र कार्य सम्पन्नको दिशा निर्देश निर्देश समेत दिएका छन्। यसै क्रममा आयोजित सामाजिक तथा जनसम्पर्क कार्यक्रममा विधायक जिम्बाले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या र आवश्यकताहरूबारे जानकारी लिए। सामाजिक उत्तरदायित्व वहन गर्दै उनले आर्थिक सहयोग तथा लत्ताकपडा वितरण गर्नुका साथै आफ्नो निरन्तर साथ र सहकार्यको आश्वासन पनि दिएका छन्। विधायक जिम्बाको यो भ्रमणले धार्मिक विश्वास, विकास प्रतिबद्धता र सामाजिक सहानुभूतिको सुन्दर समिश्रण प्रस्तुत गरेको छ। स्थानीय जनता तथा गुम्बा समुदायले उहाँको सक्रिय सहभागितालाई खुलेर सराहना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement