सोनादा: दार्जिलिङ र सिक्किमका चारजना धावकहरूले पुणेमा भएको मालवा घाटी अल्ट्रा ट्रेल रनमा उत्कृष्ट प्रदर्शन गर्दै पहाडको नाम रोशन गरेका छन्। गत १३-१४ जून २०२५ मा आयोजित यो दौड भारतका साथै विदेशका ४२५ भन्दा बढी धावकहरू सहभागी भएका थिए।
प्रोजेक्ट लाइफ नामक फिटनेस समुदायका सदस्यहरूले हिमाली साहस, कडा परिश्रम र अनुशासनको उदाहरण प्रस्तुत गरे। रञ्जना सुब्बा (बुङकुलुङ, दार्जिलिङ) २५ किमिको दौड ४ घण्टा ३१ मिनेटमा पूरा गर्दै दोस्रो स्थानमा रहिन्। देउ भूषण राई (लेबोङ, दार्जिलिङ) सोही दौड ३ घण्टा १६ मिनटमा पूरा गर्दै तेस्रो स्थानमा आएका थिए।
सुस्मिता राई (छेम्छे, दक्षिण सिक्किम) ५० किमिको दौड १२ घण्टा ३१ मिनटमा पूरा गर्दै चौथो स्थानमा रहिन् भनेे साक्नोन लेप्चा (अपर जंगु, उत्तर सिक्किम) ७५ किमिको दौड १८ घण्टा १८ मिनटमा पूरा गर्दै छैंटौं स्थानमा पुगिन्।
प्रोजेक्ट लाइफका संयोजक बिक्रम थापाले भने: “हाम्रो पहाडबाट पनि प्रतिभा उठ्न सक्छ भन्ने देखाउन यिनले ठूलो काम गरेका छन्। प्रोजेक्ट लाइफ केवल दौड होइन, यो स्वास्थ्य र सकारात्मक जीवनशैलीको अभियान हो।”
धावकहरूले द जम्पिङ गोरीला टिमका संस्थापक अदिनाथ नाइकलाई पनि धन्यवाद दिए, जसले उनीहरूलाई दौडमा सहभागी हुन सहयोग गरे।
यी सफलताहरूले पहाडका युवाहरूलाई ठूलो प्रेरणा दिएको छ- नियमित अभ्यास, धैर्य र आत्मविश्वासले सपना पूरा गर्न सकिन्छ।