सोनादा साहित्य संस्थानको समिति पुनर्गठन

IMG-20250615-WA0023

सोनादा: सोनादा साहित्य संस्थानको वार्षिक साधारण सभा सोनादा ग्रामीण पुस्तकालयमा सम्पन्न भयो। संस्थानका अध्यक्ष वरिष्ठ साहित्यकार जोगेन दर्नालको सभापतित्वमा बसेको उक्त सभाको मुख्य उद्देश्य संस्थानको पुरानो कमिटीको विघठन गरी नयाँ कमिटीको गठन गर्नु रहेको थियो। अध्यक्ष जोगेन दर्नाल तथा सचिव नरेश कटुवालले विगत दिनहरूमा गरेका कार्यहरूको समीक्षा प्रस्तुत गर्दै ती कार्यहरूबाट धेरै तीता मीठा अनुभवहरू प्राप्त गरेको कुरा सभामा साझा गरे। संस्थानको आय- व्ययको विवरण संस्थानका कोषाध्यक्ष रामराज राईले सभामा प्रस्तुत गरे। त्यसपछि अध्यक्ष दर्नालले आफ्नो अध्यक्षको सम्बोधन राख्दै पुरानो कमिटीको विगठन गरे। कमिटी चयन समितिका संयोजक प्रा मेघनाथ छेत्री तथा सदस्यहरू देवकुमार प्रधान, एनबी तोया, एबी सुब्बाद्वारा संस्थानको नयाँ कमिटीको गठन गरियो। नयाँ कमिटीमा अध्यक्ष जोगेन दर्नाल, उपाध्यक्षद्वय जेके राई अनि सुधा राई, सचिव नरेश कटुवाल, सह सचिवद्वय अमर शर्मा तथा मञ्जरी गुरुङ अनि कोषाध्यक्षको रुपमा रामराज राईलाई चयन गरियो। अन्य पदाधिकारीहरुमा आन्तरिक लेखा परीक्षक शरदकुमार सिंह, प्रकाशक तथा मिडिया प्रभारी बुद्ध राई तथा सुमन गुरुङ, कानुनी सल्लाहकार रसिक छेत्री रहेका छन्। सल्लाहकारका रुपमा साहित्यकारहरु भीम गुरुङ, देवकुमार प्रधान, एबी सुब्बा, बुद्ध संगम, एनबी तोया रहेका छन्। कार्यकारी सदस्यहरूमा मुकुन्द बम्जन, दावा छिरिङ योल्मो, प्रा मेघनाथ छेत्री, रजत ठकुरी, अकबर सुब्बा, पेम्बा तामाङ, दोर्जे शेर्पा, देवराज लामा रहेका छन्। सचिव नरेश कटुवालले संस्थानको आगामी दिनहरूमा सबैको सहयोगको अपील गरे।
अन्त्यमा सभापति जोगेन दर्नालले उपस्थित सबै सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै सभा समापन भएको घोषणा गरे।

About Author

Advertisement