सोनादामा क्रामाकपा केन्द्रीय सचिव मण्डलीको सभा सम्पन्न

IMG-20250615-WA0022

१९५५ को घटनालाई लिएर क्रामाकपाले मार्गरेट्स होपमा‌ श्रध्दाञ्जली सभा आयोजना गर्ने

सोनादा: क्रान्तिकारी माक्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) केन्द्रीय सचिव मण्डलीको सभा सोनादामा सम्पन्न भएको छ। उक्त सभा केन्द्री‌य पार्टी अध्यक्ष जेबी राईको अध्यक्षता र पूर्व सांसद एंव क्रामाकपा केन्द्रीय परामर्श समितिको‌ चेयरम्यान आरबी राईको विशेष उपस्थितिमा‌ सम्पन्न भएको छ। सभामा क्रामाकपा केन्द्रीय महासचिव नर्बू लामा, कार्यकारी अध्यक्ष बीएम राई, केन्द्रीय प्रवक्ता अरुण घतान, केन्द्रीय उपाध्यक्ष अर्जुन थापा, संगठन प्रमुख शेखर छेत्री, दार्जीलिङ आञ्चलिक समितिको सचिव उद्धप खनाल लगायत अन्यहरु उपस्थित रहेका थिए। क्रामाकपाको केन्द्रीय सचिव मण्डलीको उक्त सभामा महत्वपूर्ण निर्णयहरु लिइएको छ। सभाको शुरुमा गत १२ जूनमा अहमदावादमा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रध्दाञ्जली अर्पण गरिएको छ। सभाको निर्णय अनुसार १९५५ सालमा मार्गरेट्स होपमा‌ भएको घटनालाई लिएर आगामी २५ जूनमा क्रामाकपाले मार्गरेट्स होपमा‌ श्रध्दाञ्जली सभाको आयोजना गर्ने भएको छ। यसको साथै डब्ल्युबीसीएस परीक्षामा नेपाली भाषामा परीक्षा लेख्न नपाउने विषयमा चर्चा परिचर्चा गर्दै यस विषयमा सरकारको ध्यानाकर्षण गराउने भएको छ।‌ सभामा पुनः सीमांकन विषयमा पुनः सीमांकन कमिटी र सरकारलाई पत्रचार गर्ने निर्णय गरेका छन् भने जातिगत जनगणनामा गोर्खाहरुको जनगणना विषयमा सबैलाई सचेत गराउने‌ भएको छ। सभाको सम्पूर्ण विवरण सभापछि पत्रकारहरुसित कुराकानी गर्दै क्रामाकपा केन्द्रीय प्रवक्ता अरुण घतानीले सभामा दार्जिलिङ पहाडको चिया उद्योग ह्रास हुँदै गएको, चियाबारीहरु बन्द भईरहेको, श्रमिकहरुको अवस्था दयनीय बन्दै गईरहेको तथा श्रमिकहरुले चियाबारीमा मामिकाना हक नपाएको विषयमा चर्चा परिचर्चा गर्दै यस विषयमा क्रामाकपाको श्रमिक संगठनले‌ लगातार रुपमा काम गरिरहेको विषयमा सभामा छलफल गरिएको जानकारी गराएका छन्।‌ उनले १९५५ को घटनालाई लिएर आगामी २५ जूनमा मार्गरेट्स होपमा‌ हुने श्रध्दाञ्जली कार्यक्रममा सबै राजनैतिक पार्टीको प्रतिनिधिहरुलाई उपस्थितिको लागि आह्वान् गरेका छन्। उनले सभामा पश्चिम बंगालमा‌ डब्ल्युबीसीएस परीक्षामा नेपाली भाषामा परीक्षा लेख्न नपाउने विषयमा चर्चा परिचर्चा गरिएको बताउँदै नेपाली भाषा संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्त रहेको भए पनि नेपाली भाषामा परीक्षा लेख्न नपाउनु अत्यन्तै जातिवादी नीति भनी विरोध जनाउँदै सरकारले यसप्रति काम गर्नु पर्ने माग गरेको बताएका छन्‌। प्रवक्ता अरुण घतानीले संसदीय क्षेत्र बढाउने सीमांकन विषयमा सभामा छलफल गरिएको बताउँदै यस विषयमा सठीक प्रकारको निर्णय हुनुपर्छ भनी क्रामाकपाको मांग रहेको र यस विषयमा पार्टीले सीमांकन कमिटी र सरकारलाई पत्रचार गर्ने निर्णय गरिएको जानकारी गराएका छन्‌‌। उनले जाति जनगणनाको विषयमा गोर्खाहरुलाई सचेत गराउने कार्य गर्ने अनि यसको लागि भारतीय गोर्खा परिसंघ जस्ता संस्थाहरुसित पनि सर सल्लाह गर्ने भएको बताएका छन्‌। उनले क्रामाकपाले एक मात्र मांग छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा काम गरिरहेको र एकदिन अवश्य पनि गोर्खाहरुले न्याय पाउने कुरामा आशावादी रहेको पनि बताएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement