एकजना बदमास आग्नेयास्त्र सहित पक्राउ

IMG_20220916_185215.jpg

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसले आग्नेयास्त्र सहित एकजना बदमाशलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति एमडी अनुपमको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति एकजना बदमाश हतियार बोकेर कुनै घटनालाई अन्जाम दिने उद्देश्यले घुमिरहेको गोप्य सुइँको पाएपछि सिलगढी थाना पुलिसले डाङ्गीपाड़ामा अभियान चलाएर उक्त व्यक्तिलाई पक्राउ गरेको हो। पुलिसले आरोपीबाट एउटा देशी पिस्तोल र कार्तुस पनि उद्धार गरेको छ।

About Author

Advertisement