राज्यपाल माथुरले गरे प्रधानमन्त्री र गृहमन्त्रीसँग शिष्टचार भेट

1749922724384

गान्तोक: आधिकारिक भ्रमणको निम्ति दिल्ली गएका राज्यपाल ओमप्रकाश माथुरले आज नयाँ दिल्लीमा देशका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहसँग शिष्टचार भेट गरे। भेटको क्रममा राज्यपाल र प्रधानमन्त्रीबीच सिक्किमको विकासलाई लिएर चर्चा परिचर्चा भएको थियो। यसरी नै राज्यपालले भाइब्रेन्ट गाउँ योजनाअन्तर्गत सीमा क्षेत्रको पूर्णरूपमा विकासबारेमा पनि छलफल गरे। यसरी नै गृहमन्त्री शाहसँगको भेटमा केन्द्र सरकारद्वारा शुरू गरिएको विभिन्न योजनाले सिक्किममा विकासको काम भइरहको अवगत गराए। यस अवसरमा भविष्यका योजनाहरूबारे पनि छलफल गरे। उनले सिक्किमको विकासको लागि केन्द्र सरकारको मार्गदर्शन र सहयोगको पनि अनुरोध गरेका थिए। उल्लेखनीय छ, राज्यपाल माथुरले हिजो देशका उपराष्ट्रपति जगदीप घनखड र रक्षामन्त्री राजनाथ सिंहसँग पनि शिष्टचार भेट गर्दै सिक्किममा सञ्चालित विकासत्मक कार्य योजनाहरुबारे जानकारी गराएका थिए। राज्यको विकास गतिलाई लिएर चर्चा परिचर्चा गरेका थिए। सोही प्रकारले रक्षामन्त्री राजनाथ सिंहसँगको भेटमा सिक्किम सीमा सुरक्षासम्बन्धी मुद्दाहरूबारे छलफल गरेका थिए। उनले प्रधानमन्त्री, केन्द्रीय मन्त्रीहरुसंगको भेटमा हालै मंगन जिल्लामा भएको भीषण प्राकृतिक आपदाबारेमा जानकारी गराएका थिए। यसअन्तर्गत छातेनमा सेनाको छाउनीमा आएको पैह्रोबाट भएको व्यापक क्षतिबारे पनि अवगत गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement