वन्यजन्तुबाट उत्पन्न समस्या समाधान गर्ने दिशामा वन विभाग

IMG-20250614-WA0096

गान्तोक: मानव जाति र वन्यजन्तुबीचको सम्बन्धलाई प्रकास पार्न अनि विविध समस्याहरुलाई समाधान गर्ने उद्देश्यले स्थानीय देवरालीस्थित वन विभागीय प्रेक्षागृहमा एक कार्यक्रम सम्पन्न भयो। वन्य एवं पर्यावरण विभाग र वन्यजन्तु सर्कलको संयुक्त पहलमा आयोजित कार्यक्रममा मानव र बन्यजन्तुबीचको द्वन्दलाई कसरी न्यूनीकरण गर्न सकिन्छ सोबारेमा चर्चा परिचर्चा गरियो। यसबारे जानकारी गराउन व्यापक प्रदर्शनी कार्यक्रम आयोजन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विभागीय अधिकारी उदय गुरूङले मानव-वन्यजन्तु द्वन्द्वलाई समाधान गर्न आधुनिक प्रविधिलाई एकीकृत गर्ने महत्त्वमाथि जोड दिँदै सामुदायिक संलग्नताको आवश्यकतामाथि पनि प्रमुखता दिए। गाउँलेहरूमा चेतना जगाउनु र नियमित तालिम मार्फत अग्रपंक्तिका कर्मचारीहरूको क्षमता अभिवृद्धिमाथि पनि गुरुङले जोड़ दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement