डा. छोडेन नर्बू आइएमए सिक्किमको अध्यक्ष पदमा निर्वाचित

IMG-20250614-WA0090

गान्तोक: डा. छोड़ेन नर्बू इन्डियन मेडिकल एसोसिएशन, सिक्किम राज्य शाखा अध्यक्षकोपदमा मनोनित भएकी छन्। राजधानी गान्तोकको एक निजी होटलमा आयोजित एसोसिएशनको एक भव्य कार्यक्रमबीच डा. छोड़ेन नर्बूलाई अध्यक्षको पदमा मनोनित गरिएको हो। यसरी नै डा. अनमोल प्रधान सचिव पदमा निर्वाचित भएका छन्। ननिर्वाचित अध्यक्ष डा. छोड़ेन नर्बूले संघले राज्य सरकारसँगको सहकार्यमा चिकित्सा सेवामा थप योगदान पुर्यााउने प्रतिबद्धता व्यक्त गरिन्। नयाँ समितिले आफ्ना सदस्यहरूलाई नि:शुल्क बीमा प्रदान गर्ने र जर्नल प्रकाशित गर्ने निर्णय गरेको छ। यसबाहेक संघको कार्यालय निर्माणका लागि राज्य सरकारसँग माग गरिएको जानकारी कार्यक्रममा गराए। स्मरण रहोस्, राजधानीमा सम्पन्न कार्यक्रममा इन्डियन मेडिकल एसोसिएशनका अधिकारीहरुले विभिन्न विषयमाथि कार्यपत्र पेश गरेका थिए। यसबीच सिक्किमका डाक्टरहरुले पनि विविध विषयमाथि तयार पारेका रिपोर्ट प्रस्तु गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement