पर्यटन मन्त्री भोटियाद्वारा भीएलडब्ल्यू केन्द्रको उदघाटन

IMG-20250614-WA0088

गेजिङ: सरकारको पर्यटन तथा नागरिक उड्डयन, वाणिज्य तथा उद्योग विभागका मन्त्री एवं योक्सम-टाशीडिङका क्षेत्र विधायक छिरिङ टी भोटियाले आज गेजिङ जिल्लाको योक्सम-टाशीडिङ निर्वाचन क्षेत्रअन्तर्गत मिडल चोङराङ र लाबिङ-गेरथाङमा नवनिर्मित दुईवटा भीएलडब्ल्यू केन्द्रको उदघाटन गरे। दुवै केन्द्रहरू सिक्किम सरकारको कृषि विभागद्वारा भवन तथा कृषि संरचना विकासको सहयोगमा निर्माण गरिएको हो। नयाँ केन्द्रहरू कृषि सेवा सुविधालाई सहज बनाउने र खेतीपातीसम्बन्धी योजनाहरूको कार्यान्वयनलाई स्थानीयस्तरसम्म प्रभावकारी बनाउन लक्षित गरेर तयार गरेको हो। उद्घाटन कार्यक्रममा गेजिङ जिल्लाका कृषि तथा बगैंचा विभागका अतिरिक्त निर्देशक कर्मा शेर्पा, उप-निर्देशक वाईबी गुरुङ लगायत अन्य अधिकारीहरू उपस्थित रहेका थिए। उद्घाटनपछि मन्त्री भोटियाले केन्द्रहरूमा रहेको कार्यालय कक्ष, गोदाम आदि पूर्वाधारको निरीक्षण गर्दै त्यहाँ कार्यरत कर्मचारीहरूसँग अन्तर्क्रिया गरे। मन्त्री भोटियाले राज्य सरकारले किसानहरूका लागि सञ्चालनमा ल्याएका विभिन्न योजनाहरूबारे जानकारी गराए। उक्त केन्द्र राज्य सरकारले किसानहरूलाई सशक्त बनाउने र ग्रामीण विकासलाई प्रभावी बनाउने एक पहलको रुपमा शुरु गरिएको हो। उनले राज्य सरकारले शुरु गरेका विभिन्न विकास परियोजना तथा कल्याणकारी योजनाहरूबारेमा पनि जोड़ दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement