लण्डन: दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई ५ विकेटले पराजित गरी आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) खिताब जित्यो। गत च्याम्पियन अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई म्याच जित्न १८२ रनको लक्ष्य दिएको थियो। दक्षिण अफ्रिकाले पनि शनिवार म्याचको चौथो दिन ५ विकेट गुमाएर लक्ष्यलाई हासिल गऱ्यो। यसको साथै दक्षिण अफ्रिका पहिलोपल्ट डब्ल्यूटीसी विजेता बन्यो जबकि अष्ट्रेलियाले आफ्नो खिताब बचाउन सकेन। दक्षिण अफ्रिकाले २७ सालको लामो प्रतीक्षापछि कुनै आईसीसी खिताब जित्यो। टीमले अन्तिमपल्ट १९९८-मा आईसीसी मिनी वर्ल्ड कप (अहिले च्याम्पियन्स ट्रफी) को खिताब जितेको थियो। त्यसपछि टीमले एकाधिकपल्ट उत्कृष्ट प्रदर्शन गरे पनि आईसीसी खिताब जित्न सकेको थिएन। यसपाली टेम्बा बावूमाको कप्तानीमा रहने टीमले लर्ड्समा आईसीसी खिताबी खड़ेरीलाई समाप्त गऱ्यो। दक्षिण अफ्रिका डब्ल्यूटीसी च्याम्पियन बन्ने तेस्रो टीम हो। यसअघि पहिलो दुई संस्करणमा न्यूजील्याण्ड र अष्ट्रेलियाले खिताब जितेको थियो। प्रोटियाजको यस ऐतिहासिक जीतमा कप्तान बावूमा र ओपनर एडेन मार्करमको महत्त्वपूर्ण भूमिका रह्यो। यी दुईजनाले तेस्रो विकेटको निम्ति १४७ रनको म्याच जिताउने पार्टनरशीप गरे।
अष्ट्रेलियाको दोस्रो ईनिंग्स तेस्रो दिन २०७ रनमा समाप्त भएको थियो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै अष्ट्रेलियाले आफ्नो पहिलो ईनिंग्समा २१२ रन बनाएको थियो। त्यसपछि दक्षिण अफ्रिकाको पहिलो ईनिंग्स केवल १३८ रनमा समाप्त हुँदा अष्ट्रेलियाई टीमलाई पहिलो ईनिंग्सको आधारमा ७४ रनको बढ़त हासिल भएको थियो। त्यसपछि अष्ट्रेलियाको दोस्रो ईनिंग्स २०७ रनमा समाप्त हुँदा दक्षिण अफ्रिकालाई म्याच जित्न २८२ रनको लक्ष्य प्राप्त भएको थियो। लक्ष्यलाई पीछा गर्दै दक्षिण अफ्रिकाका ओपनर रियान रिकेल्टन (६) र वियान मुल्डर (२७ रन) आउट हुँदा स्कोर केवल ७० रन रहेको थियो। यी दुईजना मिचेल स्टार्कको शिकार बने। यस्तो स्थितिमा मार्करम र बावूमाले शतकीय पार्टनरशीपको साथ जीतको आधार बनाए। दक्षिण अफ्रिकाले चौथो दिनको शुरुवात २ विकेटमा २१३ रनको साथ गऱ्यो अनि म्याच जित्न अझ ६९ रनको आवश्यकता थियो। टीमले बाबूमाको विकेट दिनको शुरुमै गुमायो, जसले १३४ बल खेलेर ६६ रन बनाए। उनले ५ वटा चौका लगाए। त्यसपछि ट्रिस्टन स्टब्स पनि ८ रन बनाएर आउट भए। मार्करम चाहिँ क्रीजमा कायम रहे पनि म्याच समाप्त गर्न चाहिँ सकेनन् अनि जोश हेजलवुडको शिकार बने। मार्करमले २०७ बल खेलेर १४ वटा चौकाको साथ १३६ रन बनाए। यसरी २७६ रनको स्कोरमा मार्करम आउट भएपछि डेविड बेडिंघम (अविजित २१) र काइल वेरेने (अविजित ४ रन) ले मिलेर टीमलाई जीत दिलाए। मार्करमले प्लेयर अव् द म्याच-को पुरस्कार जिते।