दार्जीलिङ: चेयरम्यान रितेश पोर्तेलले सिंहमारी क्षेत्रको गरयो भ्रमण।गत दिन मुसलधारे पानी सिंहमारी क्षेत्रहरूमा पानीको भल सडक वीच बग्दै गरेको द्वश्यहरू समाजिक संजालहरूमा भाइरल भएको विषयलाई ध्यानमा राख्दै दार्जीलिङ नगरपालिकाको चेयरम्यान रितेश पोर्तेल, क्षेत्रिया नगरपार्षद गोपाल परियार आदिले भ्रमण गरयो। यस अवधि पानी बग्ने नालाहरूको पनि निरक्षण गरयो।नालामाथि सर समान राख्ने धर मालिक, दोकानदारहरूलाई नाला खुल्ला राखी दिने अनुरोध पनि गरयो।मुसलधारे पानी परेको समयमा सिंहमारी रोडमा पानीको भल बग्ने गर्छन। यी सवै विषयहरूलाई ध्यानमा राख्दै दार्जीलिङ नगरपालिका चेयरम्यान रितेश पोर्तेल स्वयमले उक्त क्षेत्रको आज भ्रमण गरेको हो। अर्कोतिर दार्जीलिङ नगरपालिकाले अबैद्य निर्माणहरूमाथि पनि लगाम कस्ने काम शुरू गरेको छ। गत केही सप्ताह अधि दार्जीलिङ नगरपालिकाले अबैद्य निर्माणकारीहरूलाई बंगाल नगरपालिका एक्र्ट २२० अनुरूप नोटिस जारी गरी सकेको छ।पालिका एक्र्ट २२० अनुरूप कसैलाई पनि नोटिस काटिएको खण्डमा निर्माण अधीन धर एंव विल्डिङ आदिको निर्माण कार्यहरू रोक लगाउनु पर्ने हुन्छ तर शहरको कतिपय निर्माणकारीहरूले पालिका द्वारा जारी गरिएको नोटिसलाई अनदेखा गर्दै निर्माण कार्य जारी राखेको हुनाले उनीहरू विरूद्व अर्को नोटिस जारी गर्ने काम गरी सकेको छ। दार्जीलिङ नगरपालिका ले नगरबासीहरूको सुरक्षालाई ध्यानमा राख्दै अबैद्य निर्माणहरू विरूद्व कार्य गर्ने अधिबाटै घोषणा गरी सकेको छ।











